Engineeer Khabar

इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा स्थगित गर्ने निर्णय

काठमाडौं : त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक र स्नातकोत्तर तहको परीक्षा अर्को सुचना जारी नभए सम्मको लागि स्थगित गरेको छ। बिहीबार डीनको कार्यालयले एक सूचना जारी गर्दै परीक्षा स्थगित गर्ने र पठनपाठन रोक्ने निर्णय गरेको जनाएको हो।

इन्जिनियरिङ अध्ययन संस्थानले श्री प्रवेश परीक्षा बोर्ड, इ.अ.सं पुल्चोक, श्री पुल्चोक क्याम्पस, इ.अ.सं पुल्चोक, श्री थापाथली क्याम्पस, इ.अ.सं थापाथली, श्री पूर्वाञ्चल क्याम्पस, इ.अ.सं धरान, श्री पश्चिमाञ्चल क्याम्पस, इ.अ.सं पोखरा, श्री चितवन इन्जिनियरिङ्ग क्याम्पस रामपुर, श्री काठमाडौं इन्जिनियरिङ्ग कलेज कालिमाटी काठमाडौं, श्री एडभान्स कलेज अफ इन्जिनियरिङ्ग एण्ड म्यानेजमेन्ट, श्री कान्तिपुर इन्जिनियरिङ्ग कलेज (धापाखेल, ललितपुर), श्री नेशनल कलेज अफ इन्जिनियरिङ्ग (ताल्छिखेल, ललितपुर), श्री हिमालयन कलेज अफ इन्जिनियरिङ्ग (च्यासल, ललितपुर), श्री ख्वप: कलेज अफ इन्जिनियरिङ्ग (लिवाली, भक्तपुर), श्री सगरमाथा इन्जिनियरिङ्ग कलेज (सानेपा, ललितपुर) श्री ललितपुर इन्जिनियरिङ्ग कलेज (चाकुपाट, ललितपुर) श्री क्याठफोर्ड इन्जिनियरिङ्ग कलेज (बालकुमारी, ललितपुर) र श्री जनकपुर इन्जिनियरिङ्ग कलेज ताथली, भक्तपुरलाई बोधार्थ दिदै परीक्षा स्थगित गरिएको निर्णय जानकारी गराएको हो।

कोभिड-१९ कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुल गर्न बुधबार रोक लगाएको निर्णय गरेकव थियो।सरकारलेले मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिम/हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार र क्लब बन्द गर्ने निर्णय गरेको छ।

बैठकले सांस्कृतिक एवम् सामाजिक गतिविधिसँग सम्बन्धित भोजभतेर नगर्न आग्रह गर्दै मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको थियो।

Comments are closed, but trackbacks and pingbacks are open.