चैत्र ०८, काठमाण्डौं : ई.अ.सं अन्तर्गत पुल्चोक क्याम्पसको स्नातकोत्तर कार्यक्रम तर्फ चैत्र ७, ९ र १० गते तोकिएको भर्ना समय
हाललाई स्थगन गरिएको छ ।
हाल देशमा उत्पन्न विषम परिस्थिति तथा नेपाल सरकार द्धारा जारी गरिएको आहवानलाई मध्य नजर गर्दै पुल्चोक क्याम्पसले पूर्वप्रकाशित सूचना अनुसार तय गरिएको स्नातकोत्तर तहका सम्पूर्ण भर्ना कार्यक्रम अर्को सूचना प्रकाशित नभए सम्मकालागि स्थगित गरेको सूचना प्रकाशित गरेको छ ।
कोभिड-१९ कोरोना भाइरस संक्रमणको उच्च सतर्कता अपनाउन सरकारले अत्यावश्यक कामबाहेक हिँडडुल गर्न बुधबार रोक लगाएको निर्णय गरेकव थियो।सरकारलेले मुलुकभरका सिनेमा हल, सांस्कृतिक केन्द्र, रंगशाला, खेलस्थल, जिम/हेल्थ क्लब, म्युजियम, स्विमिङ पुल, मनोरञ्जन स्थल, डान्सबार र क्लब बन्द गर्ने निर्णय गरेको छ।
बैठकले सांस्कृतिक एवम् सामाजिक गतिविधिसँग सम्बन्धित भोजभतेर नगर्न आग्रह गर्दै मठमन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन नपाइने निर्णय गरेको थियो।
Comments are closed, but trackbacks and pingbacks are open.