Engineeer Khabar

एक महिनाको पेन्सन कोभिड कोषमा जम्मा गर्ने घोषणा- खानेपानी पूर्व सहसचिव

काठमाडौ : खानेपानी मन्त्रालयका पूर्व दुई जना सहसचिवले एक महिनाको पेन्सन नेपाल सरकारले स्थापना गरेको कोभिड कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको छ । पूर्व सहसचिवहरु ई. नन्द बञ्जाडे र ई.राजनराज पाण्डेले एक – एक महिनाको पेन्सन कोभिड कोषमा जम्मा गर्ने घोषणा गर्नुभएको हो ।

पूर्व सहसचिव बन्जाडेले ‘सरकारको बिशेष कोषमा सहयोग रकम जम्मा गर्न चाहने उदारमन भएका सबैको जानकारीका लागि .. ..म पनि एक महिनाको पेन्सन बुझाउने छु यो खातामै । आव्हान पनि गर्छु बहालवाला र निवृत्त राष्ट्रसेवकहरुलाई ।’ स्ट्याटस राख्दै एक महिनाको पेन्सन योगदान गर्ने घोषणा गर्नुभएको हो ।

त्यस्तै अर्का पूर्वसहसचिव पाण्डेले समेत विश्वभरि फैलिएको महामारीको यस्तो अवस्थामा आफ्नो तर्फबाट सानो योगदान बापत कोभिड कोषमा सहयोग गर्ने घोषणा गर्नुभएको हो ।

पूर्व सहसचिव पाण्डे र बन्जाडेको एक महिनाको पेन्सन ३५ देखि ३६ हजार हाराहारीमा हुन्छ । सरकारले कोरोना भाइरस विरुद्धको अभियानको सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंक सिंहदरबारको खाता नं.१९६०००००११०१ मा जम्मा गर्न आव्हान गरिसकेको छ । हालसम्म उक्त खातामा राष्ट्रपति विद्या भण्डारी, सभामुख अग्नि सापकोटा लगायतले योगदान गर्ने घोषणा गरिसक्नुभएको छ ।

 

 

Comments are closed, but trackbacks and pingbacks are open.