Engineeer Khabar

स्थानीय केन्द्र आबद्धताको लागि म्याद थप: ने.ई.ए बागमती प्रदेश

चैत्र १५, काठमाण्डौं: नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेश अन्तरगतका स्थानीय केन्द्र गठन तथा निर्वाचन प्रयोजनार्थ सदस्यता नवीकरण तथा मतदान केन्द्र एकिन गर्ने म्याद अर्को सूचना प्रकाशित नभएसम्मका लागि थप गरिएको छ ।

मिति २०७६/११/१९ गते प्रकाशित सूचना अनुसार पहिलो स्थानीय कार्यकारिणी समिति गठनको लागि स्थानीय केन्द्र रोज्ने अन्तिम म्याद चैत्र १५ गते भित्र निर्धारीत गरिएको थियो । यसैसँगै सो म्याद, देशको विषम परिस्थितिलाई मध्यनजर गर्दै अर्को सूचना प्रकाशित नभएसम्मका लागि सदस्यता नवीकरण तथा स्थानीय मतदान केन्द्र परिवर्तन सम्बन्धी कार्यहरू अनलाईनका माध्यमबाट यथावत राखिने जानकारी नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेशका स्थानीय केन्द्र विस्तार विभागका संयोजक ई. शरद पण्डितले ईन्जिनियर खबरलाई दिनुभएको छ।

विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस नेपालमा समेत केहि व्यक्तिहरुमा देखिएको हुदाँ यस विषम परिस्थितिमा नेपाल सरकारबाट जारी गरिएको लकडाउन तथा स्वास्थ्य सचेतना सम्बन्धी अनुरोध र निर्देशनहरू लाई पूर्णरुपमा पालना गर्न समेत नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले अपिल गरेको छ ।

पूर्ण जानकारी: http://bagmati.neanepal.org.np/news/localcentredateextension/

यस अघिको जानकारी हेर्नुहोस

स्थानीय केन्द्रमा आबद्धताको लागि आव्हान: ने.ई.ए बागमती प्रदेश [स्थानीय केन्द्रको नाम सहित]

Comments are closed, but trackbacks and pingbacks are open.