चैत्र २८, काठमान्डौ: नेपाल ईन्जिनियर्स एशोसिएसन, बागमती कार्यकारिणी समितिले बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुमा स्वाब सन्कलानार्थ ‘स्वाब सन्कलन बुथ निर्माण’ गर्ने भएको छ ।
सिङ्गो विश्व नै नोवेल कोरोना भाइरसको महामारिको चपेटामा परेको बेला नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती कार्यकारिणी समितिले बागमती प्रदेश अन्तर्गतका जिल्लाहरुमा स्वाब सन्कलानार्थ ‘स्वाब सन्कलन बुथ निर्माण’ गर्न लागेको हुँदा उक्त अभियानलाई सहयोग गरिदिन अपिल गरेको छ। उक्त अभियानलाई प्रभावकारी एवं पारदर्शी बनाउनका लागि एशोसिएसनका कोषाधक्ष्य ई. राजन थापाको संयोजकत्वमा ई. सुरज गौतम, ई नविन काफ्ले, ई. कपिल रेग्मी, ई मौसम भण्डारी, ई. सरोज कार्की र ई. सागर न्यौपाने सम्मेलित NEA Bagmati COVID19 सहयोग समिती समेत गठन समेत गरिएको छ ।
त्यस्तै, एशोसिएसनको कार्यसमितीले सो कार्य सम्पन्नको लागि आफ्नो कार्यसमितीबाटै सभापती तथा उपसभापति जनही रु १०,०००, अन्य पदाधिकारिहरु जनही रु ६,००० र सदस्यहरु जनही रु ३,५०० गरी कुल रकम रु ७३,००० सहयोग उठाउने भएको छ ।
सहयोग गर्न चाहने महानुभावहरुले उल्लेखित फोनमा वा नेपाल ईन्जिनियर्स एशोसिएसन, बागमती प्रदेश को फेसबुक पेजमा वा मा bagmati@neanepal.org.np मा ईमेल पठाई आफ्नो नाम र सहयोग रकम टिपाउन सकिनेछ ।
नेपाल क्रेडिट तथा कमर्स बैंक लि (Nepal Credit & Commerse Bank Limited), कुपनडोल शाखा
बैंक खाता: नेपाल ईन्जिनियर्स एशोसिएसन (Nepal Engineers’ Associations)
बैंक खाता न: 0220000206401
Comments are closed, but trackbacks and pingbacks are open.