Engineeer Khabar

स्वचालित सेनीटाईजेशन टनेल हस्तान्तरण- पिन बागमती प्रदेश [डिजाइन सहित]

बैशाख ८, काठमान्डौ: प्रोग्रेसिभ ईन्जिनियरिङ्ग एसोसियसन नेपाल (पिन) बागमती प्रदेशले सोमबार बाँसबारी स्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बाँसबारीमा स्वचालित सेनिटाईजेसन टनेल जडान गरेको छ ।

प्रधानमन्त्रीका विकास विज्ञ ई. गजेन्द्र थपलीया र पिन बागमती प्रदेशका ईन्चार्ज ई. शालिग्राम पराजुली, पिन विश्वविद्यालय कमिटीका सह–ईन्चार्ज ई. अर्जुन पौडेल र पिनका केन्द्रिय सदस्य टेकराज सुवेदीको उपस्थितमा पिन बागमती प्रदेशका अध्यक्ष पदम ओलीले उक्त टनेल केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीलाई हस्तान्तरण गरेका हुन ।

टनेलको शुभारम्भ गर्दै डा. भगवान कोईरालाले टनेलको प्रयोगले अस्पतालमा कोराना भाइरसबाट हुने संक्रमणको जोखिम कम गर्न मद्धत पुग्ने बताए । साथै, टनेल बुझ्ने क्रममा अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणी अधिकारीले टनेलको प्रयोग पश्चात अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई दैनिक सेवा दिन आत्मबल पुग्ने बताए ।

केन्द्रका कार्यकारी निर्देशकले अस्पालतमा आउने विरामी, कुरुवा लगायत अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी हरेकले उक्त टनेल हुँदै अस्पताल प्रवेश गर्नुपर्ने बताए । उक्त टनेलको प्रयोग गर्दा २.५ सेकेन्डमा पुरै शरिरमा सेनिटाईजर पुग्ने र स्वचालित भएको हुँदा कार्य टनेलको प्रयोगबाट संक्रमण फैलन जोखिम रहेको छैन ।

टनेल हस्तान्तरण कार्यक्रममा पिन बागमती प्रदेशका अध्यक्ष पदम ओलीले टनेल निर्माणको लागि अहोरात्र खटिने ईन्जिनियरहरु ई. सुरज गौतम, आ. सुगन्ध सुवेदी, ई. मदन खकुरेल, ई. शंकर साउँद, ई. लोकनाथ रेग्मी र ई. मडिन्द्र अर्याल सहित बागमती प्रदेश कमिटीका सम्पूर्ण सदस्यलाई धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि देशलाई संकट परेको अवस्थामा मात्र नभई अन्य समयमा पनि पिन बागमती प्रदेशले प्राविधिक शिक्षाको उपयोग गरिरहने बताए ।

स्थानीय स्रोत साधनको प्रयोग गरि निर्माण गरिएको टनेल बनाउन करिव ७९ हजार मात्र खर्च भएको पीन बागमती प्रदेशका अध्यक्ष पदम ओलीले बताए । टलेन निर्माणको लागि पिन विश्वविद्यालय कमिटीले पनि आर्थिक सहयोग गरेको छ ।

फोटो ग्यालरी:

 

Comments are closed, but trackbacks and pingbacks are open.