Engineeer Khabar

स्वाब कलेक्सन बुुथ हस्तान्तरण: ने.इ.ए बागमती प्रदेश

बैशाख ८, काठमान्डौ: बिश्वव्यापी रुपमा फैलिएको कोराना भाइरसको त्रास बढेपछि सरकारले गरेको लकडाउनले चैत्र ११ गते यता देश नै ठप्प छ तर नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेश भने प्राविधिक र आर्थिक सहयोग जुटाउदै नयाँ–नयाँ सिर्जनामा जुटेका छ । यसै क्रममा एशोसिएसनले पाटन औध्योगिक क्षेत्र परिसरमा रहेर प्रथम चरण अन्तर्गत चार वटा स्वाब कलेक्सन बुथ मध्ये दुई वटा बुथ सोमबार हस्तान्तरण गरेको छ ।

इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशका सभापति ई. नन्द लाल बन्जाडे र सदस्यहरु ई. सुरज गौतम, ई. मदन खकुरेलको र ई. नबिन काफ्लेको उपस्थितीमा सो बुथहरु हस्तान्तरण गरेको हो । बुथ सँग-सङै एशोसिएसनले एक-एक थान पि.पी.ई समेत् उपलब्ध गराएको थियो ।

प्रथम चरण अन्तर्गत चार वटा स्वाब कलेक्सन बुथ मध्ये दुई वटा बुथ सोमबार चौतारा, सिन्धुपाल्चोक र मण्डनदेउपुर, काभ्रेपलान्चोकलाई हस्तान्तरण गरेको छ । त्यस्तै, बाँकी दुई वटा मन्थली, रामेछाप बिदुर, नुवाकोट मा पठाउने तयारी रहेको एशोसिएसनका सभापति ई. नन्दलाल बन्जाडेले जानकारी दिनु भयो ।

त्यस्तै, नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले, दोश्रो चरणको काम अन्तर्गत, थप ६ वटा बुथ, स्यानिटाइजेसन टनेल र रोबोटको निर्माण थालनी गरिसकेको छ । नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले प्रस्तावित सबै १६ स्थानिय केन्द्रमा कम्तीमा एक एक वटा आवश्यक सामाग्री र् उपकरण उपलब्ध गराउने तयारी गरिरहेको छ । उक्त कार्यको लागि एशोसिएसनले प्रस्तावित स्थानिय केन्द्रमा रहेका इन्जिनियर तथा आर्किटेक्ट साथीहरूलाई प्राविधिक तथा आर्थिक सहयोग गरिदिनका लागि समेत गरेको छ। 

ईन्जिनियर्स एशोसिएसनले स्वाब सन्कलनका लागि बुथ निर्माण गर्ने- ने.ई.ए बागमती प्रदेश  (यो पनि हेर्नुहोस् )

स्वाब कलेक्सन बुथ निर्माणका लागि अहोरात्र खटिएका स्वयम्सेवकहरु तथा रोबोटिक्स एशोसिएसन अफ नेपालका साथीहरुको काम प्रति उचच सम्मान प्रकट गर्दै सभापति बन्जाडेले धन्यवाद समेत प्रकट गर्नु भएको थियो ।

के हो स्वाब कलेक्सन बुुथ?

‘कोरोना सेफ्टी बुथ’को उपयोगिताबारे उल्लेख गर्दै ई. सुरज गौतम भन्छन्, ‘यो चिकित्सकले प्रयोग गर्ने ४ फिट x ४ फिटको बुथ हो । करिब ५ मिटर लामो डक्ट पाइपबाट बुथमा स्वच्छ हावा भित्र्याउदै पोजिटिभ प्रेसर कायम गर्दै चिकित्सकले पन्जा सहितको हात बाहिर निकालेर बिरामी जाँच गर्ने गरी बुथ निर्माण गरिएको हो । यस् किसिमको बुथ दक्षिण कोरिया, भारत लगायतका देशहरुमा प्रयोग भइरहेको छ । हामीले स्थानीय स्रोतसाधन प्रयोग गरेर यहाँको अस्पताल र स्वास्थ्यकर्मीलाई सहज हुने गरी नयाँ रुपमा विकास गरेका छौ । एक्झस्ट फ्यान बाट तातो हावा बहिरा पठाइन्छ । त्यस्तै, स्वास्थ्यकर्मीलाई श्यामपल पेश गर्न आएका ब्यक्तीसँग कुरा गर्नको लागि माइक्रोफोन र् स्पिकरको ब्यवस्था गरिएको छ् । बुथमा प्रत्येक दिन दिन काम समापन गरिसकेपछी यु भी च्याम्बर बाट किरणहरु पेश गर्दै, उक्त बुथको भित्री भाग समेत स्यानिटाइज गर्न सकिने ब्यवस्था गरिएको छ । ’  ने.इ.ए बागमती प्रदेशले चार वटा एक हप्तामा तयार पारेको छ । ई. गौतमका अनुसार यस् बुथले पीपीईको खपतलाई कम गर्ने र बुथको सहायताले स्वास्थ्यकर्मीले बिरामीको प्रत्यक्ष सम्पर्कमा नआएर पनि जाँच गर्न सक्ने सुविधा रहेको छ ।

[ग्यालरी]

 

Comments are closed, but trackbacks and pingbacks are open.