Engineeer Khabar

प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसनद्धारा गण्डकी अस्पताललाई सेनिटाइजेसन टनेल हस्तान्तरण

बैशाख ९, पोखरा : कोभिड -१९ बिकराल रूपमा दिन प्रतिदिन महामारीको रूपमा फैलिरहेको सन्दर्भमा पिन गण्डकीले ने. ई. ए. गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको समन्वयमा गत सोमबार पोखरा महानगरपालिकाको यान्त्रिक कार्यशालामा सेनिटाइजेसन टनेलको निर्माण गरी पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पुर्व स्वास्थ मन्त्री माननीय खगराज अधिकारीबाट हस्तान्तरण गरेकाे छ ।

सेनिटाइजेसन टनेल निर्माण संयोजक पिन गण्डकी प्रदेशका सचिब शुरेस तिमिल्सिनाले चार दिनदेखि राष्ट्रिय प्रतिभा पुरस्कारबाट बिभुषित युवा बैज्ञानिक बिकल्प दुङ्गाना,ईन्जिनियरहरु सुलब तिमिल्सिना, सुनिल दाहाल, टेक कटुवाल, बाबुराम भण्डारी, धुर्ब भट्टराई र बिप्लप पोखरेलको सन्लग्नतमा दुईवटा टनेल निर्माण गरिएको जानकारी दिए।  तिमिल्सिनाले राज्यलाई आवश्यक पर्दा आफ्नो सम्पूर्ण टिम स्वयमसेवकको भूमिकामा काम गर्न तयार रहेकाे स्प्रस्ट पारे ।

त्यस्तै टनेल निर्माण टोली सदस्य, पिन केन्द्रीय कमिटीका सदस्य टेक कटुवालले सम्पूर्ण सहयाेगी हातहरुलाई धन्यवाद दिदै ईन्जिनियर देशकाे हरेक परिस्थितिमा अग्रपंक्तिमा रहि काम गर्न तयार रहेकाे बताए । कठिन परिस्तिथिमा काम गर्न आर्थिक तथा बजार व्यवस्थापन कठिन रहेको कोषाध्यक्ष सुमन गिरीले बताए।

कठिन र जटिल परिस्तिथिमा प्राविधिकहरू सधै अग्रस्थानमा हुनै पर्ने र रहिरहेको अबगत गराउदै नेपाल इन्जिनियर्स एशोसिएसनले समन्वय गरेको सभापति बाबुराम भण्डारीले बताए ।

निर्माणमा सग्लग्न ई.अ. सं पश्चिमाञ्चल क्याम्पस पोखराका सहायक क्याम्पस प्रमुख सुनिल दाहालले लकडाउनमा महानगरपालिकाको कार्यशालामा सामान व्यवस्थापन सहज हुने भएकोले कार्य अगाडी बढाईएको जानकारी दिए।

पाेखरा स्वास्थ बिज्ञान प्रतिष्ठानका भि.सी. डा. बुद्धि ब. थापा कोभिड १९ को बारेमा प्रकास पार्दै सेनिटाइजेसन टनेलको पुर्ण प्रयोग गर्ने बताए। प्रमुख अतिथी पुर्व स्वास्थ्य मन्त्री माननिय खगराज अधिकारीले कोभिड १९ ले विश्वलाई नै आक्रान्त पारेको ले यस्ता आविष्कार बिस्तार गर्नु पर्ने र राज्यले यस्ता ईन्जिनियर जनशक्तिको सहि सदुपयोग र उत्साहित गर्नु पर्ने बताए।

हस्तान्तरण कार्यक्रममा पोखरा माहानगरपालिका मेयर मानबहादुर जि.सी, ने.क.पा का केन्द्रीय सदस्य तथा कास्कि जिल्ला इन्चार्ज राजकाजी गुरूङ्ग, क्षेत्रिय स्वास्थ्य निर्देशक बिनोद बिन्दु तिमिल्सिना, प्रदेश संसद तथा कास्कि जिल्ला अध्यक्ष कृष्ण थापा, ने.ई.ए. गण्डकी प्रदेश सभापति बाबुराम भण्डारी लगायतको उपस्थिति रहेको थियो।

कस्तो छ सेनिटाइजेसन टनेल ?

जडान गरिएको टनेलले स्वचालित रूपमा काम गर्दछ । कुनै ब्यक्ती टनेलभित्र पस्ने बितिकै स्वचालित रूपमा सेनिटाइजर स्प्रे हुन्छ । एक व्यक्तिलाई स्प्रे गर्दा करिब ६० मिलीलिटर खर्च हुन्छ। टनेलमा रहेको २०० लिटर ट्यान्कीले करिब ३४०० जनालाई सेनिटाइजेसन गर्न पुग्ने पिन गण्डकी प्रदेशका उपाध्यक्ष महेन्द्र बहादुर गोदारले जानकारी दिए।

Comments are closed, but trackbacks and pingbacks are open.