बैशाख ११, काठमान्डौ: नेपाल इन्जिनियर्स एशोसिएसनले नेपाल प्रहरीको साइबर ब्यूरोले गत बुधबार पक्राउ गरेका आजीवन सदस्य ई. भिम उपाध्याय को रिहाईको माग गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकमा भ्रमपूर्ण टिकाटिप्पणी गरेको आरोपमा गत बुधबार नेपाल प्रहरीको साइबर ब्यूरोले उनलाई ललीतपुर सुन्तीस्थित उनको घरबाटै पक्राउ गरिएको बताइएको छ । अवकाश जीवन बिताइरहेका उपाध्याय सामाजिक सञ्जालमा निकै सक्रिय थिए। हाल उनलाई महानगरीय प्रहरी बृत्त सोह्रखुट्टेमा राखिएको छ ।
त्यस्तै इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले पनि उन्को रिहाइका लागि माग गरेको छ । एशोसिएसनले हरेक सचेत नागरीकले संबिधान र प्रचलीत कानुनको सिमा भित्र रही आफ्नो व्यक्तिगत अभिव्यक्ती शिष्ट र मर्यादीत तवरले पाउनु पर्ने कुरा जाहेर गरेको छ । तर अभिव्यक्ती कै आधारमा कसैलाई पनि गिरफ्तार नै गर्ने कुरा प्रति इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले खेद प्रकट गर्दै ई. भीम प्रसाद उपाध्ययको तत्काल रिहाईको माग गरेको छ ।
Comments are closed, but trackbacks and pingbacks are open.