Engineeer Khabar

विद्युतिय माध्यमबाट कक्षा संचालन गर्न त्रिविको निर्देशिका

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले विद्युतिय (अनलाइन) माध्यमबाट कक्षा संचालन गर्न निर्देशिका ल्याएको छ ।

विश्वमा महामारीको रुप्मा फैलिएको कोरोना भाईरसको सन्क्रमणका कारण नेपाल सरकारबाट मुलुकमा लकडाउन लागु गरिएकोले त्रि.वि आङ्गिक क्याम्पस कलेज तथा केन्द्रिय बिभागहरुका साथै सम्बन्धन प्राप्त क्याम्पसहरुमा समेत सन्चालित सम्पूर्ण तहको पठन पाठन बन्द गरिएको सन्दर्भमा “विद्युतिय (अनलाइन) माध्यमबाट गरिने कक्षा संचालन सम्बन्धी निर्देशिका २०७७” बमोजिम कक्षा संचालनको ब्यवस्था गर्न सबै डीन कार्यालयहरुलाई पत्र पठाइसकेको विश्वविद्यालयले जनाएको छ ।

यस अनुरुप कक्षा संचालकको लागी सबै आंगिक क्याम्पस, स्कुल, विभागहरु तथा सम्बन्धन प्राप्त क्याम्पसहरु र शिक्षक, कर्मचारी, बिदार्थीहरुको जानकारीको लागी त्रिभुवन विश्वविद्यायले शुक्रबार सूचना प्रकाशन गरेको छ ।

Image may contain: text

 

Comments are closed, but trackbacks and pingbacks are open.