Engineeer Khabar

कोभिड-१९ रोकथामका लागि इन्जिनियर्स एशोसिएसनद्वारा १५ सदसिय कार्यदल गठन

बैशाख १२,  काठमाडौं: कोरोना रोकथामका लागि आवश्यक योगदान पुर्याउन नेपाल इन्जिनियर्स एशोसिएसनले(ने.इ.ए) १५ सदस्यीय कार्यदल गठन गरेको छ । शुक्रबार बसेको ने.इ.ए.को भर्चुअल बैठकले उपाध्यक्ष ई. आशिष घिमिरेको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको हो ।

गठित कार्यदलले बिशेषत: इन्जिनियरिङ्ग समुदायको तर्फबाट कोरोना रोकथाम र न्युनीकरणका लागि कस्तो भूमिका निर्वाह गर्न सक्छ भन्ने अध्ययन गर्ने र सोही अनुसार गतिबिधीहरु सम्पन्न गर्नेछ ।

कोभिड १९ नियन्त्रण तथा रोकथामको लागि आवश्यक लोगिस्टिक सपोर्ट तथा व्यवस्थापन लगायतका विषयमा प्रदेश स्तरमा गतिविधिहरु संचालनार्थ प्रत्येक प्रदेश कार्यकारिणी समितिलाई रु. १,००,०००/– (एक लाख रुपैयाँ) का दरले सहयोग गर्ने भएको छ । भाइरस रोकथामको विभिन्न उपायहरुका बारेमा नविन विचार (Innovative Idea) हरु मार्फत प्रदेश सरकार तथा स्थानीय सरकारसँग समन्वय गरी सहयोग गर्न सबै प्रदेश कार्यकारिणी समितिलाई अनुरोध समेत गरेको छ । साथै कोभिड १९ रोकथाम लगायत भविष्यमा आउने अन्य बिपदहरुको लागि एक सर्वसंचित राहत कोष स्थापना गर्ने र उ्क्त कोषबाट हाललाई विभिन्न स्वास्थ्य सामाग्री तथा उपकरणहरुको उत्पादन तथा आविष्कार गर्ने अभियानमा सकृय रहेको राष्ट्रिय आविष्कार केन्द्रलाई अन्य प्राबिधिक सहयोग लगायत संस्थागत रुपमा रु. १,००,०००/– (एक लाख रुपैयाँ) सहयोग समेत उपलब्ध गराउने भएको छ ।

यस्तै, बैठकले रोजगारदाताहरुलाई इन्जिनियरहरुको तलब नकाट्न समेत आग्रह गरेको छ ।

लेटर प्याड प्रयोग बारे निर्णय

केही दिन अगाडि इन्जिनियर्स एशोसिएसनको अध्यक्ष्य र् महासचिबको हस्ताक्षर बिना, केही सदस्यहरुको सामुहिक हस्ताक्षर सहितको बिग्यप्ती निस्केको प्रती लक्षित गर्दै, एशोसिएसनले अर्को निर्णय गरेको छ ।

नेपाल ईन्जिनियर्स एशोसिएसनसँग संबन्धित पेशागत हकहित, राष्ट्रिय राजनिति, समसामयिक घटनाक्रम लगायतका विभिन्न गतिविधीहरु उपर समय सापेक्ष बक्तव्य जारी गर्दा संस्थागत निर्णय बाहेक आ–आफ्नो ब्यक्तिगत तथा सामुहिक धारणा राख्ने क्रममा एशोएिसनको लेटर प्याड प्रयोग नगर्ने र बिगतमा भएका यस्ता कमी कमजोरीहरुलाई मनन गर्दै त्रुटि दोहोरिन नदिने निर्णय गरियो ।

 

कार्यदल

संयोजक : ई. आशिष घिमिरे, केन्द्रीय उपाध्यक्ष
सदस्यहरु :
ई. कृष्ण प्रसाद पाण्डे, केन्द्रीय सदस्य, कर्णाली प्रदेश
ई. ओम प्रकाश गिरी, केन्द्रीय सदस्य, गण्डकी प्रदेश
आ. जनकराज जोशी, केन्द्रीय सदस्य, सुदूरपश्चिम प्रदेश
ई. पारस खड्का, केन्द्रीय सदस्य, ५ नं. प्रदेश
ई. लक्ष्मण कुमार यादव, केन्द्रीय सदस्य, २ नं. प्रदेश
ई. डा. कृष्णराज पाठक, केन्द्रीय सदस्य, वागमती प्रदेश
ई. डेगराज पौडेल, केन्द्रीय सदस्य, १ नं. प्रदेश
ई. यशवन्त विक्रम शाह, सभापति, १ नं. प्रदेश केन्द्र
ई. नन्द किशोर यादव, सभापति, २ नं. प्रदेश केन्द्र
ई. नन्दलाल बन्जाडे, सभापति, वागमती प्रदेश केन्द्र
आ. बाबुराम भण्डारी, सभापति, गण्डकी प्रदेश केन्द्र
ई. कुशुमराज ज्ञवाली, सभापति, ५ नं. प्रदेश केन्द्र
ई. सोनालाल यादव, सभापति, कर्णाली प्रदेश केन्द्र
ई. लव प्रसाद जोशी, सभापति, सुदूरपश्चिम प्रदेश केन्द्र

Comments are closed, but trackbacks and pingbacks are open.