Engineeer Khabar

चाँगुनारायणले शुरु गर्‍यो ड्रोन सर्बेक्षण [फोटो फिचर सहित]

बैशाख १३,भक्तपुर: चाँगुनारायण नगरपालिकाले लकडाउनको समय सदुपयोग गर्दै अबको करिब १५ दिन आकाशमा हवाई जहाज जस्तै देखिने ड्रोन मार्फत सर्वे एवं नक्साकंन गर्ने भएको छ ।

पहिलो चरणमा काठमाडौँ उपत्यकाको ड्रोन सर्वे एवं नक्साकंन गर्ने उद्देश्य राखेको यस परियोजनाले यस्का अन्य चरणहरु मुलुकका बिभिन्न स्थानीय तहहरुमा समेत सर्वे एवं नक्साकंन विस्तार गर्ने लक्ष्य राखेको छ । यस परियोजनाकाको शुभारम्भ चाँगुनारायण नगरपालिकाबाट गरिएको जानकारी परियोजनाका सदस्य, नेपाल फ्लाइङ ल्याब तथा नक्सा प्रा.लि.का प्रमुख ई. उत्तम पुडासैनीले दिनुभयाे  । यस नक्साकंन पारीयोजनले बिभिन्न जि.आइ.एस बिज्ञ, शहरी बिकास योजना विद्, ड्रोन पाइलट तथा सरकारी अधिकारिहरुलाई एक्बद्द गरेर निस्चित उपलब्धी हासिल गर्ने दाबी समेत ई पुडासैनीले गर्नुभयाे । साथै, यस परियोजनाको मुख्य लक्ष्य उच्च रिजोलुसनको नकसा प्राप्ती गर्ने र् उक्त उच्च रिजोलुसनको डाटाको आधारमा विस्तृत शहरी बिकास योजना तथा बिपद ब्यवस्थापनमा सहयोग पुर्‍याउने रहेको छ ।

यस परियोजनाको सुरुवातका लागि आवश्यक अनुमतीको प्रबन्ध तथा सहजिकरण चाँगुनारायण नगरपालिका मेयर सोम प्रसाद मिश्रले गर्नु भएको थियो । यस परियोजनामा नेपाल फ्लाइङ ल्याब, नक्शा प्रा.ली , पाथ वे टेक्नोलोजी एन्ड सेर्भिसेस प्रा.ली , इसिमोड, काठमान्डौ विश्वबिद्यालय , एयर लिफ्ट नेपाल, ड्रोनेपाल लगायतका संस्थाहरुले  निशुल्क रुपममा फ्लाइट प्लानिङ, ड्रोन ह्यान्डलिङ, नक्साकंन लगायतको सेवा दिने भएका छन । त्यस्तै वि.रोबोटिक्स ले ड्रोनको डाटा प्रोसेसिङ मा सहयोग गर्ने भएको छ भने इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सनले नगरपालिकासँग यस् नक्साको प्रयोगबाट बिपद जोखिम ब्यवस्थापनमा गर्न सकिने कार्यहरु  बारे सहयोग गर्ने भएको छ । साथै, परियोजना अन्तर्गत सम्पूर्ण समनवय र सहजिकरणको भूमिका  नगरपालिकाका आइ टि. अफिसर सिद्धान्त न्यौपानेले गर्नु हुनेछ । 

नगरक्षेत्रको मुख्य बस्ती एवं सडकहरुको ड्रोनबाट सर्वेक्षण एवं नक्साकंनको कार्य शुभारम्भ भएको नगरप्रमुख सोमप्रसाद मिश्रले जानकारी दिनुभएको छ । यस नगरपालिकाका केही क्षेत्रहरु त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलसँगको हवाईमार्ग पर्ने र सडकहरुमा हुने सवारी चापको कारण अन्य समयमा यस कार्य क्षेत्रमा निकै चुनौतिपूर्ण हुने भएकोले मुलुकमा भईरहेको लकडाउनको बाबजुत पनि सर्वेक्षण एवं नक्साकंन कार्य गरिएको नगरप्रमुख मिश्रले जानकारी दिनु भयो । त्यस्तै, लक्डाउनको समय भएता पनि केही फ्लाइटहरु भईरहेको अवस्थामा यस् परियोजनाबाट एयर ट्राफिक कन्ट्रोल, त्रिभुभन अन्तरराष्ट्रिय बिमान्स्थलका  सशिराज न्यौपाने सरसँग निरन्तर समनवय गर्दै फ्लाइट भैइरहेको जानकारी दिनु भयो ।

आफ्नो घर आँगन, खेत, बारी एवं अन्य क्षेत्रमाथि देखिने ड्रोन यन्त्रहरुलाई नगरपालिकाको परियोजना अन्तरगत उडान भईरहेको रुपमा लिई सहजता अपनाउनुहुन सम्पूर्ण नगरबासीमा नगरप्रमुख मिश्रले अनुरोध गर्नु भएको छ ।

[फोटो फिचर]

      

Comments are closed, but trackbacks and pingbacks are open.