Engineeer Khabar

‘नेपालको उर्जा क्षेत्रमा कोभिड-१९ को असर र भविष्य’ सम्बन्धी वेबिनार सम्पन्न

बैशाख १९, काठमान्डौ: नेपाल ईन्जिनियरस एशोसिएसन अन्तर्गतको उर्जा व्यबस्थापन तथा वकालत व्यबसायी समितीले “नेपालको उर्जा क्षेत्रमा कोभिड-१९ को असर र भविष्य” सम्बन्धी वेबिनार शुक्रबार सफलतापुर्वक सम्पन्न गरेको छ।

ऊक्त कार्यक्रममा नेपाल ईन्जिनियर्स एसोसियसनका अध्यक्ष प्रा.डा.त्रिरत्न बज्राचार्यले ऊद्घाटन मन्तव्य दिनुभएको थियो भने ई. डा. नारायण प्रसाद अधिकारीले समग्र कार्यक्रमको पृस्टभुमि प्रष्ट पारिदिनु भएको थियो ।

उक्त अन्लाइन कार्यक्रमको मुख्य वक्ताकाको रुपमा ऊर्जा, जलस्रोत तथा  सिंचाई मन्त्रालयका सचिव ई. दिनेश कुमार घिमिरेले प्रस्तुती दिनु भएको थियो भने मुख्य प्रस्तुतीकर्ताको रुपमा ई.अ.स., पुल्चोक क्यामपसका प्राध्यापक प्रा.डा. अमृत मान नकर्मि ले आफ्नो प्रस्तुती दिनु भएको थियो । त्यस्तै कार्यक्रममा वक्ताका रुपमा ऊर्जा, जलस्रोत तथा  सिंचाई मन्त्रालयका  सहसचिव ई. प्रविन राज अर्याल, विधुत बिकास विभागका  महानिर्देशक  ई. नविन राज सिंह , नेपाल विधुत प्राधिकरणका प्रबन्ध निर्देशक ई. कुलमान घिसिङ, वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्रका कार्यकारी निर्देशक ई. मधुसुदन अधिकारी,  नेपाल आयल निगमका कार्यकारी निर्देशक श्री सुरेन्द्र कुमार पौडेल,  स्वतन्त्र उर्जा उत्पादक संघ नेपालका अध्यक्ष ई. शैलेन्द्र गुँरागाईले आफ्नो भनाइ राख्नु भएको थियो ।

प्रस्तुती दिने क्रममा प्रा.डा. अमृत मान नकर्मिले विश्चमा फैलिएको कोभिड-१९ ले नेपालको निजि तथा सरकारी ऊर्जा क्षेत्र,नेपाल आयल निगम तथा अन्य विभिन्न क्षेत्रमा केकस्तो असर पुर्यायो र अबको भावि योजना कस्तो हुनु पर्ने बारेमा प्रस्तुती दिनु भयो ।

त्यस्तै गरी,  नेपाल आयल निगमका कार्यकारी निर्देशक श्री सुरेन्द्र कुमार पौडेलले कोभिड-१९ ले  नेपाल आयल निगममा पारेको असर, हालको अवस्था र भविष्यको बारेमा प्रष्ट पार्नु भयो। स्वतन्त्र उर्जा उत्पादक संघ नेपालका अध्क्षय ई. शैलेन्द्र गुँरागाईले कोभिड-१९ ले  नेपालको निजि क्षेत्रमा पारेको असर, यसको निराकरण तथा भाबि योजना अन्तर्गत सरकारले गर्नु पर्ने कामकारवाहिको बारेमा आफ्नो धारणा राख्नु भएको थियो । साथै महामारीको कारणले गर्दा हिँऊदमा गर्नु पर्ने काम रोकिएको र वर्खा याममा त्यस्ता काम गर्न गार्हो पर्ने साथै लकडाउन खोलिसकेपछि पनि कामदारहरु जुटाउनु प्रमुख चुनौति रहेको कुरामा जोड दिनु भयो । महामारीको कारणले नेपाली अर्थतन्त्रलाई ठुलो असर पार्न सक्ने र यसलाई कसरी निराकरण गर्ने भन्ने विषयमा नेपाल सरकारलाई लिखित ध्यानाकर्षण गरेको कुरा समेत उल्लेख गर्नु भयो । त्यस्तै गरी,  निर्माणको अन्तिम चरणमा पुगेका आयोजनाहरुलाई सरकारको तिनै तहबाट सहजिकरण गर्नुपर्ने कुरामा बिशेष जोड समेत दिनु भयो ।

वैकल्पिक ऊर्जा संवर्धन केन्द्रका कार्यकारी निर्देशक ई. मधुसुदन अधिकारीले वैकल्पिक ऊर्जा क्षेत्रमा यस महामारीले पारेको असरबारे  जानकारी दिनुभयो। विश्वभरी नै महामारीले असर गरीरहेको र आयोजनाको लागि आवश्यक पर्ने सामानको ढुवानिमा समेत समस्या परेकाले यसको असर नेपालको वैकल्पिक ऊर्जा क्षेत्रमा पनि परेको कुरा जोड दिनु भयो ।

नेपाल विधुत प्राधिकरणको प्रबन्ध निर्देशक ई. कुलमान घिसिङले कोभिड-१९ महामारिको कारणले नेपाल विधुत प्राधिकरणको व्यबस्थापकिय क्षेत्र देखि ऊत्पादन,प्रशारण तथा वितरणमा परेको असरको बारेमा जानकारी दिनुभयो । महामारिको कारणले सस्था संचालन ( Utility Operation) को लागि स्मार्ट बिलिङ (Smart Billing) प्रक्रियालाई जोड दिनु पर्ने कुरा उल्लेख गर्नु भयो। त्यस्तै, यस अवधिमा दैनिक ऊर्जा व्यवस्थापनको लागि विधुतको माग र आपुर्तिको सन्तुलनको लागि नेपाल विधुत प्राधिकरणको आयोजनाहरु बन्द गरि निजि क्षेत्रको आयोजनाहरु चलाउनु परेको कुरा वारे जानकारी दिनु भयो । अन्त्यमा, मुख्य गरि आपुर्ति श्रृङखलालाई प्रभावकारी गराऊनु अहिलेको मुख्य चुनौति रहेको कुरा प्रस्ट पार्नु भयो।

विधुत बिकास विभागका महानिर्देशक ई. नविन राज सिंहले यस महामारिको कारणले निर्माणाधिन आयोजनाहरु समयमा सम्पन्न गर्नु मुख्य चुनौति रहेको र हाल ३००० मे.वा. निर्माणाधिन रहेको कुरा उल्लेख गर्नु भयो। साथै विधुत विकास विकासले विभिन्न आयोजनाहरुसँग उहाँहरुको समस्या, लकडाउन अघि र पछि कामदारहरुको तथ्याङकबारे छलफल गरि ऊचित व्यबस्थापनकोबारे काम भईरहेको बारे जोड दिदै यसै क्रममा रोकिएका चालु आयोजनाहरु कसरी सुचारु गर्ने भन्ने बारे प्रष्ट पार्नु भयो । त्यस्तै गरी ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालयका सहसचिव ई. प्रविन राज अर्यालले समग्रमा निजि तथा सरकारी ऊर्जा क्षेत्रको विभिन्न समस्या र तिनका समाधानको ऊपायबारे बृस्तित रुपमा आफ्नो धारणा राख्नु भयो ।

टेक्निकल सेसनको अन्त्यमा ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालयका सचिव ई. दिनेश कुमार घिमिरेले यस महामारिको कारणले सबै क्षेत्रको समस्यालाई सरकारले कसरी सहजिकरण गर्ने भन्ने विषयमा आफ्नो ध्यान केन्द्रित रहेको र दिनहुँ यसको गृहकार्य गरिरहेको जानकारी दिनुभयो । विकास आयोजनाहरुमा आऊने समस्याहरु मध्य ढुवानि अवस्था, म्यानपावर, मटेरियल प्रकरणबारे प्रस्ट पार्नु भयो। साथै यस्ता समस्यालाई हटाऊन  सरकारको तिनै तहमा आपसि समन्वयन हुन पर्ने र माहामारिको कारणले समस्यामा रहेको आयोजनाको अध्ययन, निर्माण तथा अनुमति पत्र नविकरणमा उचित म्याद थप गर्ने कुरामा सरकार लचक हुनेबारे जोड  दिदै समग्र ऊर्जा, जलस्रोत र सिंचाई मन्त्रालयको रणनिति तथा भावी कार्ययोजनाको बारेमा जानकारी दिनुभयो ।

कार्यक्रममा ई. चेतराज जोशीले निष्कर्ष मन्तव्य र एशोसियसनका महासचिब ई. छबिराज पोख्रेलले धन्यवाद तथा समापन मन्तव्य दिनु भएको थियो । कार्यक्रमको उद्घोषक ई. आशा खनालले गर्नुभएको थियो भने सेसन मोडेरेटरको भूमिका ई. डेगराज पौडेल र ई. भरत निउरेले निभाउनु भएको थियो ।

उक्त वेबिनारमा सहभागीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो र सो वेबिनारलाई फेस्बुक पेजमार्फत समेत लाइभ गरिएको थियो । एन. आर. ई. एन ले टेक्निकल सहयोग गरेको थियो ।

उक्त वेबिनारको फेसबुक लाईभ भिडियोको लिन्क यस् प्रकार छ ।

 

Image may contain: text

Comments are closed, but trackbacks and pingbacks are open.