Engineeer Khabar

नेपालमा एकै दिन १६ जनामा कोरोना सङ्क्रमण, कूल संख्या ७५ पुग्यो

वैशाख २१,काठमान्डौ :  बाँकेमा थप ६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि नेपालमा आजै मात्रै कोरोना संक्रमितको संख्या १६ पुगेको छ  । प्राप्त पछिल्लो जानकारी अनुसार नेपालगञ्ज-८ निवासी १६, २१ र ३४ वर्षका पुरुष छन् भने तीनजना ४०, ५५ र ६० वर्षका महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसअघि आज भेटिएका ९ जना संक्रमित मध्ये ५ जना पुरुष तथा ४ जना महिला छन् । उनिहरु सातदेखि ५८ वर्ष उमेरभित्रका छन् । यसैगरी पर्सामा भेटिएका संक्रमित ३६ वर्षका पुरुष भएको जानकारी दिईएको छ ।

आजै मात्र यसअघि नेपालगन्जमा स्वाब परीक्षणका क्रममा ९ जना लगायत पर्सामा १ जनाको नतिजा पोजिटिभ आएको थियो । यसै सँगै नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको कुल संख्या ७५ पुगेको छ।

सरकारले हालसम्म ४९६८८ आर.डी.टि.परिक्षण र १३४२० पि.सी.आर परिक्षण गरी कुल ६३ हजारभन्दा बढी सम्भावित कोभिड-१९ का सङ्क्रमितको स्वास्थ्य परीक्षण गरिसकेको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.