Engineeer Khabar

इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशद्वारा प्रादेशिक अस्पतालमा रोबोट हस्तान्तरण

बैशाख २४, हेटौंडा : नेपाल इन्जिनियर्स  एशोसिएसन बागमती प्रदेशले प्रादेशिक अस्पताल, हेटौडामा बागमती प्रदेशका मुख्यमन्त्रीको उपस्थितीमा आज एक कार्यक्रम आयोजना गर्दै रोबोट हस्तान्तरण गरेको छ ।  “सिस्टर” नाम रहेको रोबोटले आइसोलेसनमा रहेका बिरामीहरुलाई औषधी, खाजा, खाना लगयातका साम्ग्रीहरु सहज रुपले बितरण गर्ने भएको  छ।

नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशको नेतृत्वमा र ओज्टेक, कान्तिबिर, द रोबोनौट्स र रोबोटोक्स एशोसिएसन अफ नेपालको प्राविधिक सहयोगमा कम लागतमा, प्रयोगकर्ता मैंत्री रोबोट निर्माण भएको छ ।

उक्त रोबोटले काम गर्ने दायारा करिब ५००-७०० मिटर सम्मको दुरी रहेको छ । कोभिड-१९ लगायतका अन्य संक्रमण हुन सक्ने रोगका बिरामीहरुलाई आइसोलेसनमा राखेको अवस्थामा सिस्टर रोबोट प्रयोग गर्न सकिनेछ । एउटा कन्ट्रोल रुममा बसेर स्वास्थ्यकर्मीले बिरामीलाई आवश्यक पर्ने औषधी, खाना, खाजा लगायतका सामग्री हरु रिमोट कन्ट्रोलको सहयताले कन्ट्रोल रुममै बसी बिरामी सम्म पुराउन सकिनेछ । रोबोटमा एफ.पी.भी सिस्टमद्वारा कन्ट्रोल रुममै बसेर रियलटाइम भिडियो हेर्न सकिनेछ  । रोबोटमा ट्याब्लेट समेत जडान गरिएको छ जसबाट स्वास्थ्यकर्मीले प्रतक्ष्य बिरामीसंग कुराकानी गर्न सक्नेछन । प्रतेक चोटिको काम पस्चात रोबोटलाई कीटाणुरहित गराउन स्प्रे प्रयोग गर्न सकिनेछ ।

रोबोटको उद्घाटन गर्दै मुख्यमन्त्री डोरमणी पौडेलले उक्त रोबोटलाई सन्चालन गर्दै त्यस्को उपयोगीताबारे जानकारी लिनु भएको थियो । साथै नयाँ नयाँ प्रविधीबाट हरेक क्षेत्रमा फड्को मार्न सकिने ठ्हर गर्दै मुख्यमन्त्री पौडेलले यस्ता प्रविधीलाई निरन्तर रुप्मा प्रयोगमा ल्याउनु पर्ने जिकिर गर्दै नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेश, रोबोटिक्स समुदाय लगायत सम्पूर्णमा धन्यवाद ग्यापन गर्नु भएको थियो ।

इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशका सभापति ई नन्द लाल बन्जाडेले प्रविधी मैत्री समाज निर्माण गर्न इन्जिनियर्सहरुको उल्लेखनिय भूमिका रहेको जिकिर गर्दै एशोसिएसनले यस्ता कामहरु गर्न बिशेष कोष समेत खडा गर्ने जानकारी दिनुभयो ।

एशोसिएसनले कोभिड-१९ बिरुद्धको अभियानमा बिभिन्न रिसर्च एन्ड डेभेलोप्मेन्ट तर्फका रणनीतिहरु प्रयोगमा ल्याउदै गरेको र हालै रोबोटिक्स समुदायसँगको सहकार्यले नौलो आयम थपेको जानकारी दिदै भबिस्यमा पनि एशोसिएसन यस्ता काम गर्न इच्चुक रहेको जानकारी एशोसिएसनका सदस्य ई सुरज गौतमले दिनुभयो ।

रोबोटिक्स समुदायका साथीहरुको संयुक्त पहलमा करीब १० दिनको कडा मिहिनेत र १ लाख बराबरको लागतमा सिस्टर भर्सन १.० रोबोट तयार भएको जानकारी रोबोटिक्स एशोसिएसनका अध्यक्ष बिकास गुरुङले जानकारी दिनुभयो । सो रोबोट निर्माण गर्ने टिममा पृथ्वी चौधरी, पंकज जप्रेल, रिचन जोशी, अनिल सिंह, बिकास गुरुङ लगायत रोबोटिक्स समुदायको सहयोग रहेको थियो ।

नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले यस अघि १० वटा नमुना कोभिड-१९ स्वाब सन्कलन बुथ निर्माण गरेर बागमती प्रदेश अन्तर्गत माग भएका जिल्लाहरुमा प्रदान गरिसकेको छ । त्यस्तै एशोसिएसनले, माग बमोजिम थप ५ वटा बुथ समेत निर्माण गर्ने भएको छ ।

 

Comments are closed, but trackbacks and pingbacks are open.