Engineeer Khabar

पिन लमजुङद्वारा अटोमेटिक फुट अपरेटेड ह्याण्ड वासिङ जडान

बैशाख २७,लमजुङ : लमजुङ जिल्लास्थित बेसीशहर नगरपालिका ८ मा रहेको जिल्ला सामुदायिक अस्पतालमा प्रोग्रेसिभ ईन्जिनियरीङ एसोसियसन नेपाल(पिन) लमजुङले अटोमेटिक फुट अपरेटेड ह्याण्ड वासिङ प्रविधीको गत शुक्रबार जडान गरेको छ ।

अस्पतालमा आउने बिरामी तथा कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गरी सो प्रविधीको निर्मण गरीएको प्रोग्रेसिभ ईन्जिनियरीङ एसोसियसन नेपाल(पिन) लमजुङका अध्यक्ष ई. मदन शर्माले बताउनुभयो । जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी सस्थामा कार्यरत पिन संग आवद्द ३० जना ईन्जिनियरहरुको आर्थिक सहयोगमा अस्पतालमा सो प्रविधी जडान गरिएको हो ।

Image may contain: 4 people, people standing, phone, drink and outdoor

गण्डकी प्रदेश सांसद तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लमजुङका सचिब धनञ्जय दवाडीको प्रमुख आतित्थ्यतामा अस्पताल परिसरमा शुक्रबार एक कार्यक्रम आयोजना गरी जिल्ला समन्बय समितिका प्रमुख एवं जिल्ला अस्पताल विकास समितिका अध्यक्ष लोकराज पाण्डे तथा अस्पताल प्रमुख हेमन्त श्रेष्ठलाई सो प्रविधी हस्तानतरण गरेको हो । पाण्डेले यस्तो प्रविधीले कोरोना रकथाम तथा नियन्त्रणमा मात्र नभई व्यक्तिगत सरसफाईमा समेत विसेष सहयोग पुग्ने बताउँदै जिल्लास्थीत भिडभाड हुने सबै स्थानहरु, नगरपालीका तथा वडा कार्यालयहरुले समेत यसको अनुसरण गर्नुपर्नेमा जोड दिनु भएको थियो ।

खुट्टाले चलाएर साबुन तथा पानी आउँने यस्तो प्रविधीले हातबाट हुने संक्रमण कम हुने हुँदा यसको निर्णण गरी अस्पताललाई हस्तानतरण गरेकोमा प्रोग्रेसिभ ईन्जिनियरीङ एसोसियसन नेपाल लमजुङ तथा नेपाल ईन्जिनियरस् यसोसियसन गण्डकी प्रदेशलाई प्रमुख अतिथीले मायाँको चिनो प्रदान गर्नु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मणबहादुर खड्का, बेँसीशहर नगरपालिका प्रमुख गुमानसिंह अर्याल, जिल्ला स्वास्थ्य कार्यालय लमजुङका प्रमुख अमर दवाडी लगायतले कोरोना भाईसरको संक्रमण बाट टाढा रहन सबै नागरीकले आफ्नो ठाउँवाट सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

Image may contain: 6 people, including Bipeen Bhandari and Sandip Khatri Chhetri, people standing, shoes and outdoor

५ सय लिटरको ट्याङ्की रहेको अटोमेटिक फुट अपरेटेड ह्याण्ड वासिङ सिस्टममा बायाँ खुट्टाले थिच्दा साबुन आउँने र दायाँ खुट्टाले थिच्दा पानी आउने हुँदा हात धुँदा धारा खोल्ने तथा बन्द गरिरहनु नपर्ने र हातको प्रयोगवाट लाग्न सक्ने जुनसुकै रोगवाट पनी बच्न मद्दत पुग्ने प्रोग्रसिभ ईन्जिनियरीङ एसोसियसन नेपाल गण्डकी प्रदेश सदस्य ई. आशिष दनाईले जानकारी दिनु भएको थियो । कार्यक्रममा बोल्दै नेपाल ईन्जिनियर्स एसोसियसन गण्डकी प्रदेशका सदस्य ई. भगवान कुँवरले कोरोना महामारीको त्रासमा विरामीलाई सेवा पुर्याउँदै आफ्नो ब्यक्तिगत स्वास्थका लागी पनि उत्तीकै ध्यान दिनुपर्ने हुँदा यसको प्रयोग अस्पतालका डाक्टर, कर्मचारी एवं स्वास्थ्यकर्मीहरुका लागी समेत उपयोगी हुने धारणा राख्नुभएको थियो ।

आयोजक, अतिथी, पत्रकार तथा अस्पतालका डाक्टर, कर्मचारी तथा स्वास्थ्यकर्मीहरु सहित करीव ३० जनाको उपस्थीतीमा ब्यक्तीगत दुरी कायम गरी आयोजना गरिएको उक्त कार्यक्रमको सहजिकरण ईन्जिनियर विपिन भण्डारीले गर्नुभएको थियो ।

Image may contain: one or more people, people standing and outdoor

Comments are closed, but trackbacks and pingbacks are open.