Engineeer Khabar

एकैदिन थपिए ५७ कोरोना संक्रमित, संक्रमितको संख्या १९१ पुग्यो

बैशाख ३०, काठमान्डौ : नेपालमा आज एकैदिन ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्। मन्त्रालयका अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ। संक्रमित देखिएका सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ।

यसैसँगै नेपालमा कोरोनाभाइरसका संक्रमित १९१ पुगेका छन्। तीमध्ये ३३ जना उपचार गरी घर फर्किएका छन्।

Image may contain: text

 

 

Comments are closed, but trackbacks and pingbacks are open.