Engineeer Khabar

कोभिड-१९ बाट नेपालमा पहिलो मृत्यु, स्वास्थ्य तथा जनसंख्यामन्त्रालयद्वारा औपचारिक पुष्टि

३ जेठ, काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जना महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोककी २९ बर्षिया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

उनको ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । त्यसपछि घर गएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा समस्या आयो । स्थानीय अस्पतालमा उपचार गर्दा पनि नभएपछि बिहीबार धुलिखेल ल्याइएको थियो । धुलिखेल अस्पतालमा मृत्यु भएको कोरोना संक्रमित महिलाको अन्त्येष्टि ‘कोभिड १९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि-२०७६’ अनुसार हुने भएको छ ।

ती महिला वैशाख २४ गते काठमाडौं त्रिवि शिक्षण अस्पतालमा सुत्केरी भएकी थिइन् । २५ गते बाह्रबिसे फर्किएपछि उनमा स्वासप्रश्वास समस्या देखिएको थियो ।

बिहीबार बेलुकी धुलिखेल अस्पतालमा  पुगे लगत्तै ती महिलाको मृत्यु भएको थियो । महिलाका श्रीमानलाई धुलिखेल अस्पतालको क्वारेन्टाइनमा राखिएको छ ।

Image may contain: text

Comments are closed, but trackbacks and pingbacks are open.