Engineeer Khabar

सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनको पहिलो साधारणसभा सम्पन्न: अध्यक्षमा प्रा.डा. शाक्य र महासचिबमा ई. पराजुली

जेष्ठ ४, काठमान्डौ: नेपालको पहिलो साइबर सेक्युरिटी रिसर्च संस्था “सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन”को प्रथम वार्षिक साधारणसभा गत शनिबार अनलाइन वेविनार मार्फत सम्पन्न भएको छ । सो साधारणसभाले नयाँ कार्यसमितिको अध्यक्षमा प्रा.डा. सुवर्ण शाक्य  र महासचिवमा ई.शालिग्राम पराजुली सहित १६ सदस्यीय कार्यसमितिको चयन गरेको छ ।

सो साधारण सभाका प्रमुख अतिथिका रुपमा नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचना प्रविधि विभागका महानिर्देशक श्री प्रेमशरण श्रेष्ठको उपस्थिती रहेको थियो भने अतिथितर्फ क्यान महासंघका अध्यक्ष श्री नवराज कुँवर, नेपाल उद्योग बाणिज्य महासंघका सूचना सञ्चार प्रविधि विकास समितिका अध्यक्ष ई. विनोद ढकाल, क्यान महासंघका पूर्वअध्यक्ष श्री विपल्वमान सिंह, इन्टरनेट गोभरनेन्स् इन्स्टिच्युटका उपाध्यक्ष तथा एप्रिआईजिएफका भाइस चेयर अधिवक्ता श्री बाबुराम अर्याल, एनपीसर्टका उपाध्यक्ष श्री कुमार पुडासैनी, एनपीनगका उपाध्यक्ष श्री रामकृष्ण परियार, सि.एस.आर.आई. संस्थाका सल्लाहकार श्री विवेक शम्शेर राणाज्यू लगायतको उपस्थिती रहेको थियो ।

उद्घघाटन कार्यक्रममा बोल्नु हुदै क्यान महासघंका अध्यक्ष श्री नवराज कुवँरज्यूले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनले संचार तथा सूचना प्रविधि क्षेत्रको विकास र विस्तारमा पुर्याएको योगदानको प्रशंसा गर्नु हुदै साइवर सेकुरिटी सम्वन्धी अनुसन्धान तथा बिषयगत कार्यक्रमहरु संयुक्त साझेदारको रुपमा संचालन गर्न अझ सक्रिय भएर लाग्नु पर्ने बताउनुभएको थियो ।

कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका सूचना सञ्चार प्रविधि विकास समितिका अध्यक्ष ई. विनोद ढकालज्यू,सरकारले सूचना प्रविधि उद्योगी व्यवसायीलाई काम गर्ने र लगानी गर्ने वातावरण श्रृजनागरिदिनुपर्ने बताउनुभएको थियो। त्यस्तै, लगानीको वातावरण सिर्जना गर्न सकेमात्रै नेपालको औद्योगिक विकासले फड्को मार्ने जिकिर गर्नु भएको थियो ।

कार्यक्रममा क्यान महासंघका पूर्वअध्यक्ष श्री विपल्वमान सिंहज्यूले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड -१९) को लकडाउनका कारण सूचना प्रविधि क्षेत्रसँग सम्बन्धित सबै हतोसाहित र विच्चलीत नहुन र हातेमालो गर्दै सकारात्मक धारणा लिएर अगाडी बढनुपर्ने भनाई व्यक्त गर्नु भएको थियो ।

त्यस्तै, कार्यक्रममा इन्टरनेट गोभरनेन्स् इन्स्टिच्युटका उपाध्यक्ष तथा एप्रिआईजिएफका भाइस चेयर अधिवक्ता श्री बाबुराम अर्यालज्यूले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनको प्रसंशा गर्दै साइबर सेक्युरिटी इन्टरनेट गोभरनेन्स क्षेत्र अभिन्न पाटो भएको बताउनुभएको थियो ।

कार्यक्रममा एनपीसर्टका उपाध्यक्ष श्री कुमार पुडासैनीज्यूले सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसन र एनपीसर्ट संस्थाहरु सदैव एक अर्काको पर्यायवाची रहेको र संयुक्त साझेदारी भैरहेको बताउनुभएको थियो ।

कार्यक्रममा एनपीनगका उपाध्यक्ष श्री रामकृष्ण परियारज्यूले एनपीनगले सिएसआरआई संस्थालाई प्राविधिक सहयोग गर्न सदैव तत्पर रहेको बताउनुभएको थियो।यस सिएसआरआई संस्थाका प्रमुख सल्लाहकार श्री विवेक शम्शेर राणाज्यूले विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड -१९) को लकडाउनमा पनि सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एण्ड इनोभेसनले आफ्नो प्रथम साधारण सभा सम्पन्न गर्ने अठोट लिएकोमा प्रशंसा गर्दै ठुलो उपलब्धि भएको र यस संस्थाले अझ सक्रिय साथअगाडी बढनुपर्ने भनाई व्यक्त गर्नुभएको थियो । दोस्रो सत्रमा यस सिएसआरआई संस्थाका संस्थापक पदाधिकारीज्यूहरुलाई भर्च्युयल प्रसंशा प्रमाणपत्र वितरण गर्दै नयाँ कार्यसमितिको चयन भएको थियो ।

संस्थाका नि बर्तमान अध्यक्ष चिरन्जिबी अधिकारी सहित १६ सदस्यीय नया कार्य समिति यस प्रकार रहेको छ |
अध्यक्ष:       डा. सुवर्ण शाक्य
उपाध्यक्ष:    डा. पवन कुमार शर्मा
                  मिलनराज नेपाली
                  रोजाकिरण बासुकला
महासचिव:  ई. शालिग्राम पराजुली,
सचिव:        सुमन थपालिया
कोषाध्यक्ष:  डा. प्रमोद पराजुली
सदस्य:        रामकृष्ण दाहाल
                  शिला कार्की कंसाकार
                  सरला कार्की
                  गंगा भण्डारी
                  रेग बहादुर भण्डारी
                  भीमध्वज श्रेष्ठ
                  तेज प्रसाद धमाल
                  आभाष अधिकारी

No photo description available.

Comments are closed, but trackbacks and pingbacks are open.