Engineeer Khabar

पिन सूदुरपश्चिमको १६ वटा शिर्षकमा प्राविधिक सत्र सम्पन्न

जेठ ७, काठमाडौं:  प्रोग्रेसिभ इन्जिनियरिङ्ग एशोसिएसन नेपाल (पिन) , सुदूरपश्चिम प्रदेश समितिको आयोजनामा विभिन्न १६ वटा शिर्षकमा इन्जिनियरहरुको प्राबिधिक तथा व्यवसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले शुरु गरेको नि:शुल्क “टेक्निकल सेसन फर इन्जिनियर्स” सम्पन्न भएको छ।

वैशाख २२ देखि सुरु भएको उक्त अनलाईन कार्यक्रम जेठ ५ गते सम्पन्न भएको हो । सो अबधिमा ई-प्रोकुरमेन्ट (E-procurement), वेष्ट आर्किटेक्चर: भिजन एन्ड पर्स्पेक्टिभस (Waste Architecture: Vision and Perspectives), पब्लिक प्रोकुरमेन्ट (Public Procurement), इम्प्याक्ट अफ कोभिड प्यान्डेमिक अन इन्फ्रास्ट्रकचर डेभलप्मेन्ट: इस्सुज, च्यालेन्जेज एन्ड वे फोर्वार्ड (Impact of COVID pandemic on Infrastructure Development: issues, challenges and way forward), रोलस अफ आ आइ सि टि इन कोरोना प्यान्डेमिक (Roles of ICT in corona pandemic), फ्लेक्शिवल पेभ्मेन्ट:डिजाइन क्राइटेरिया एन्ड डिफेक्ट्स (Flexible pavement: Design criteria and Defects, प्रोभिजनिङ अफ वाटर सप्लाई, स्यानिटेसन एन्ड हाइजिन फेसिलिटिज फर द कन्ट्रोल अफ कोभिड १९ (Provisioning of water supply, sanitation & hygiene facilities for the control of Covid–19), पानी र बिजुली का कुरा, बेसिक्स अफ रिभर ट्रेनिङ फर ब्रिजेस (Basics of River Training for Bridges), कन्सिडेरसन फर अर्थक्वेक रेसिस्टेन्स स्ट्रुक्चर एन्ड २०१५ नेपाल अर्थक्वेक (Considerations for Earthquake Resistance Structure and 2015 Nepal Earthquake), रोड मेन्टेनेन्स (Road Maintenance), बस्ती विकास, शहरी योजना तथा भवन निर्माण मापदण्ड, क्वालिटी चेक अफ इङ्रिडिएन्ट्स अफ आर.सि.सि (Quality check of Ingredients of RCC) का विषयमा बिभिन्न संसाधन व्यक्ति, बिग्य तथा प्यानलिस्टहरुले आफ्ना धारणा राखेका थिए भने सहभागीहरुले आफ्ना जिज्ञाषा राखेका थिए ।

उक्त कार्यक्रमको समापन कार्यक्रममा प्रमुख अतिथि सूदुरपश्चिम प्रदेश सरकारका भौतिक पुर्बाधार विकास मन्त्रि पठान सिह बोहरा थिए भने अतिथिहरु पिनका केन्द्रीय अध्यक्ष ई.शम्भु ब. श्रेष्ठ, महासचिव ई.डा. हरिराम पराजुली, नेपाल ईन्जिनियर्स एशोसिएसनका अध्यक्ष ई. प्रा. डा. त्रिरत्न बज्राचार्य, महासचिव ई. छवि पोखरेल, पिनका केन्द्रीय सचिवालय सदश्यहरु, केन्द्रीय सदश्यहरु, पिन सूदुरपश्चिम ईञ्चार्ज ई. पूर्ण कुवर, बिभिन्न प्रदेशका अध्यक्षहरु, कार्यक्रममा कार्यक्रम प्रश्तोता एवं टिप्पणिकर्ता लगायतको उपश्थिति रहेको थियो। सो कार्यक्रमका प्रमुख अतिथि अतिथीले यस्था कार्यक्रमहरुले ईन्जिनियरहरुको क्षमता अभिवृदी गर्न महत्वपूर्ण भुमिका खेल्ने धारणा राख्नु भएको थियो ।

उक्त सेसनहरुको फेसबुक लाईभ भिडियोको लिङ् यस् प्रकार छ ।

समापन कार्यक्रमसँगै १६ वटा शिर्षकमा आयोजना गरिएको प्राविधिक सत्रमा पिन सुदूरपश्चिम प्रदेशका उपाधक्ष्य ई. चुडामनी कलौनीले कार्यक्रमको सहजकर्ताको भूमिका खेलेका थिए । उक्त सेसनहरुमा ६०० भन्दा बढी ईन्जिनियरहरुको सहभागिता थियो ।

 

Comments are closed, but trackbacks and pingbacks are open.