जेष्ठ १६, काठमान्डौ : नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले एनसेट नेपालको प्राविधिक सहयोगमा पाँच दिने अन्लाइन ट्रेनिङ फर फ्रेश इन्जिनियर्स, शुक्रबार सम्पन्न गरेको छ । भुकम्प प्रतिरोधात्माक डिजाइन तथा भवन निर्माण सम्बन्धी प्रशिक्षण तालिममा करीब ४६ जना इन्जिनियरहरुले सहभागीता जनाएका छन ।
प्रशिक्षण तालिममा करीब सात जना प्रशिक्षकले पाच दिनसम्म दुई-दुइ घण्टाको दरले, ओपेनिङ र क्लोजिङसहित १२ वटा शत्र सम्पन्न भएको छ । उक्त पाच दिने प्रशिक्षणका पाठ्यक्रम संयोजक ई. रविन चौलागाईंले अनलाइन मोडेलमा सम्पन्न गरिएको ट्रेनिङको अनुभव सुनाउनु भएको छ । कार्यक्रमको समापन समारोहमा बोल्दै ई. चौलागाईंले प्रशिक्षणमा सहभागीहरुको सैद्धांतिक ज्ञान, सीप र मनोवृत्ति अभीवृद्धि भएको जानकारी दिनुभएको छ ।
सो प्रशिक्षणमा कुल ४४७ सन्ख्यामा अन्लाइन रेजिस्ट्रेसन भएको थियो र सो मध्ये बिशेषत फ्रेशर इन्जिनियर्सलाई लक्षित गर्दै ४७ जनालाई सहभागी गराईएको थियो । सो प्रशिक्षणमा सहभागी ई. सौरभ प्रसाइ तथा ई. रेशा बश्यालले उक्त प्रशिक्षण निकै नै फल्दायी रहेको र यस्ले आफुहरु फिल्डमा खटीदा निकै नै सहयोग पुर्याउने बताएका छन ।
त्यस्तै, कार्यक्रमको समापन समारोहमा इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशका सभापतिले बागमती प्रदेशले हालसम्म १७ वटा स्वाब कलेक्सन बुथ, रोबोट लगायतको इन्नोभेसनहरु सम्पन्न गरेको जानकारी दिनुभएको छ । छिट्टै नै.ई.ए बागमती इन्नोभेसन फ्न्ड अन्तर्गत चारवटा बिधामा इन्नोभेसनको लागि प्रस्ताब आवहान समेत गर्ने तयारी रहेको बताउनुभएको छ ।
Closing Ceremony of 5 day online training for fresh engineers
Gepostet von Nepal Engineers' Association Bagmati Province am Freitag, 29. Mai 2020
एनसेट नेपालका कार्यकारी निर्देशक सुर्य नारायण श्रेष्ठले यस्ता किसिमका सहकार्य गर्न एनसेट नेपाल तयार रहेको र फेरी पनि यस्ता तालिमहरु आयोजना गरिने जानकारी दिनुभएको छ । निर्देशक श्रेष्ठले लक्डाउनको समयलाई समेत यसरी अन्लाइन माध्यमबाट सदुपयोग गर्न सकिने र सिमित श्रोतसाधनले यस्ता तालिमहरु आयोजना गर्न सकिने बारे जिकिर गर्नुभएको छ । यस्ता मोडललाई समेत आङाल्दै भबिस्यमा हाइब्रिड/मिक्सड मोडेलमा तालिमहरु सन्चालन गर्न सकिने समेत स्पस्ट पार्नु भएको छ ।
समापन कार्यक्रमका प्रमुख अतिथी प्रा. डा. त्रिरत्न बज्रचार्यले ने.ई.ए. का प्रदेश समितीहरुको गतिविधीको प्रशम्शा गर्दै यस्ता श्रीजनात्माक कार्यक्रमहरु आयोजना गरिराख्न शुभकामना दिनुभएको छ । लकडाउनको समयको सदुपयोग गर्दै एशोसिएसनले समुदायमा कोभिड-१९ बिरुद्ध बिभिन्न किसिम्का अभियानहरु चलाइरहेको र सङ्ग-सङ्गै नेपाल इन्जिनियरिङ्ग ट्रेनिङ एशोसिएसन तथा रिसर्च एकेडेमी (नेत्र) को स्थापनाको लागि लागिपरेको समेत जानकारी दिनुभएको छ । कार्यक्रममा एशोसिएसनका महासचिब छबीराज पोख्रेलले सम्पूर्ण प्रशिक्षार्थीलाई बधाई दिदै आगामी दिनमा अफुले सिकेको सिपलाई उपयुक्त तरिकाले प्रयोगमा ल्याउन शुभकामना दिनुभएको छ ।
समापन समारोह कार्यक्रमको अधक्ष्यता ई. अर्जुन पौडेलले गर्नु भएको थियो भने प्रशिक्षण तालिम अवधीभर र समापन शत्रमा समेत कार्यक्रम सन्चालन ई. शरद पन्डितले गर्नु भएको थियो । यस्ता किसिमका तालिमले इन्जिनियरहरुको क्षमता अभीवृद्धि गर्नेमा आफुहरु विश्वश्त रहेको ई. पौडेलले जिकिर गर्नु भएको छ । त्यस्तै, कार्यक्रम सन्चालक ई. पन्डितले तालिम अवधीभर प्रशिक्षार्थीहरुको उपस्थिती, सहभागीता र प्रस्तुतीका आधारमा प्रमाणपत्र उपलब्ध गराउने र यस्ता किसिमका तालिमहरु आगामी दिनहरुमा समेत आयोजना गरिने जानकारी दिनुभएको छ ।
[फोटो ग्यालरी]
Comments are closed, but trackbacks and pingbacks are open.