Engineeer Khabar

नवप्रवर्तन पुरस्कारका लागि प्रस्ताव आव्हान: ने.ई.ए. बागमती प्रदेश

असार १३, काठमान्डौ : नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले इन्जिनियरिङ क्षेत्रबाट चार वटा नविनतम सोच सहितको अवधारणालाई प्रोत्साहन गर्दै “ने.ई.ए. बागमती नवप्रवर्तन पुरस्कार २०७७” प्रदान गर्ने भएको छ ।

समग्र विश्व नै कोभिड–१९ विरुद्धको अभियानमा होमिएको अवस्थामा यसले ल्याएका समस्याको प्रतिरोधका लागि आवश्यक पर्ने प्रविधि विकास गर्न र विद्यमान प्रविधिहरुलाई सुधार गर्दै नविनतम प्रविधि विकास गर्न कुल ४ वटा प्रस्तावलाई पुरस्कृत गरिने भएको छ जसमा प्रति प्रस्ताव अधिकतम रु १,००,०००/- (एक लाख रुपैया सम्म मात्र) सम्म पुरस्कार प्रदान गरिने भएको छ ।

२१ दिनको प्रस्ताब आव्हानको समय राख्दै एशोसिएसनले समग्र इन्जिनियर तथा आर्किटेक्टहरुलाई चार बिधामा केन्द्रित रहन अपिल गरेको छ  जस अन्तर्गत (१) बायोमेडिकल ईन्जिनियरिङ;  (२) कृषि ईन्जिनियरिङ, प्रविधि तथा यान्त्रिकीकरण, खाद्य सुरक्षा तथा आजीविका;  (३) आईसीटी, आर्टिफिसियल इन्टीलीजेन्स (AI), सूचना प्रविधि, डिजिटलाइजेशन, ईलेक्ट्रिकल, इलेक्ट्रोनिक्स तथा संचार ईन्जिनियरिङ र (४) WASH; र दीगो पूर्वाधार, विपद पूर्वतयारी प्रविधि रहेका छन । त्यस्तै, चौथो बर्ष अध्ययनरत इन्जिनियरिङ्ग विद्यार्थीहरुको प्रस्तवलाई समेत एशोसिएसनले स्वागत गर्ने भएको छ ।

यस्का लागि अनुसन्धानकर्ता/प्रस्तावकले अवधारणा पत्र र अनुसन्धान प्रस्ताब तोकिएको ढाचामा एशोसिएसनको ईमेल (bagmati@neanepal.org.np) ठेगानामा पठाउनु पर्ने छ ।

विस्तृत विवरणका लागि यहाँ क्लिक गर्नुहोस्

 

Comments are closed, but trackbacks and pingbacks are open.