Engineeer Khabar

नवप्रर्वतन पुरस्कार २०७७ को लागि प्रस्ताव आवहानको म्याद थपिने: ने.ई.ए. बागमती

श्रावण १५, काठमाण्डौ: नेपाल ईन्जिनियर्स एशोसिएसन बागमती प्रदेश कार्यकारीणी समितिले नवप्रर्वतन पुरस्कार २०७७ को लागि प्रस्ताव आवहान सम्बन्धी सूचना लकडाउनको प्रतिकुल अवस्था सँगै ईन्जिनियर / आर्किटेक्टहरुको अनुरोधलाई मध्यनजर गर्दै प्रस्ताव आव्हान गर्ने मिति थप गर्ने भएको छ ।

यस अगाडि निकालिएको सुचना

(स्रोत: नागरिक दैनिक. बिहीवार श्रावण १५ मा प्रकाशित, https://epaper.nagariknetwork.com/nagarik/src/epaper.php?id=4355#page/6 )
यसै सङ्गै अनुसन्धानकर्ता/प्रस्तावकले  (इन्जिनियर/आर्किटेक्टहरु)ले आफ्नो अवधारणा पत्र र अनुसन्धान प्रस्ताब तोकिएको ढाचामा एशोसिएसनको ईमेल (bagmati@neanepal.org.np) ठेगानामा श्रावण २८ भित्र पठाउन सक्ने भएका छन ।

म्याद थप सम्बन्धी सूचना

समग्र विश्व नै कोभिड–१९ विरुद्धको अभियानमा होमिएको अवस्थामा यसले ल्याएका समस्याको प्रतिरोधका लागि आवश्यक पर्ने प्रविधि विकास गर्न र विद्यमान प्रविधिहरुलाई सुधार गर्दै नविनतम प्रविधि विकास गर्न कुल ४ वटा प्रस्तावलाई पुरस्कृत गरिने भएको छ जसमा प्रति प्रस्ताव अधिकतम रु १,००,०००/- (एक लाख रुपैया सम्म मात्र) सम्म पुरस्कार प्रदान गरिने भएको छ ।

 

त्यस्तै एशोसिएसनले बागमती प्रदेश भित्र आफुले रोजेको स्थानिय केन्द्र आवद्दताको लागि अन्लाइन मार्फत आवेदन दिन समेत माग गरेको छ ।

विस्तृत जानकारीको लागि यहाँ जानुहोस् 

 

Comments are closed, but trackbacks and pingbacks are open.