Engineeer Khabar

अब नेपालीको शुद्धाशुद्धि पनि कम्प्युटर सफ्टवेयरबाटै

काठमाडौं: नेपाली भाषाका पाठ्य सामाग्रीहरूको शुद्धाशुद्धि मिलाउने कामका लागि अलि धेरै भाषिक नियमहरूको ज्ञानको आवश्यकता पर्दछ। हिज्जे लगायतका नियमहरूले गर्दा साधारणतया मानिसहरूको लेखाइको सुद्धतामा प्रश्न हरु आउने गरेको सुनिन्छ। भाषा सम्बन्धी राम्रो ज्ञान भएको व्यक्तिले काम गर्दा पनि कहिले काहीं मानवीय त्रुटीका कारण गल्ति हुन सक्दछ । तर अब यस्ता खालका समस्याको निराकरण कम्प्युटर सफ्टवेयरको माध्यमबाट सम्भव हुने भएको छ ।

सायक (https://hijje.com )नामक अनलाइन प्रणालीमा यसको निशुल्क प्रयोग गर्न मिल्ने गरि यसलाई सार्वजनिक गरेको छ। बजारमा अङ्ग्रेजी लगायत अन्य भाषामा यो सुविधा पहिले देखिनै उपलब्ध भएता पनि नेपाली भाषाका विविध जटिलताका कारण सफ्टवेयर निर्माणमा धेरै समय लागेको निर्माणकर्ता कम्पनी इन्टिग्रेटेड आइसिटी प्रा. लि.का सि.इ.ओ. ई. विरोध रिजाल बताउँछन । हाल यो सेवा कम्प्युटरमा लिन सकिने र निकट भविष्यमा मोबाइलमा पनि चलाउन मिल्ने गरि यसको विकास भइरहेको जानकारी ई. रिजालले इन्जिनियरखबरलाई दिएका छन ।

के के सुविधा छन् सायक (https://hijje.com) मा ?

नेपाली भाषाको शब्द देवनागरी र अङ्ग्रेजी भाषाको शब्द रोमनमा लेखिएको छ भने पनि युनिकोडमा रूपान्तरण हुँदा सम्बन्धित भाषाको शब्दमा स्वत: रूपान्तरण हुन्छ। जसले गर्दा नेपाली र अङ्ग्रेजी मिसाएर लेखिएको पाठ्यसामग्रीलाई रूपान्तरण गर्दा पुन मिलाउन पर्ने झन्झट नहुने भएको छ।यस्तो कार्य मसिन लर्निङ मार्फत आर्टिफिसिएल इन्टेलिजेन्सको क्षमता सफ्टवेयरमा जडित भएकोले सम्भव भएको हो। 

नेपाली भाषाको हिज्जे लगायतका शुद्धाशुद्धि मिलाउने काम मात्र नभएर यसमा अन्य सेवाहरू पनि उपलब्ध छन्।

  • नेपाली भाषामा कम्प्युटरमा काम गर्दाको अर्को जटिलता फन्टका कारणले हुने हुँदा परम्परागत फन्टहरू जस्ती प्रीति, कान्तिपुर, नवजीवन, श्रीनाथ लगायतका फन्टहरुबाट युनिकोडमा रूपान्तरण गर्ने र युनिकोडबाट पुन: परम्परागत फन्टहरूमा रूपान्तरण गर्ने सुविधा पनि उपलब्ध छ।
  • नेपाली भाषाको शब्द देवनागरी र अङ्ग्रेजी भाषाको शब्द रोमनमा लेखिएको छ भने पनि युनिकोडमा रूपान्तरण हुँदा सम्बन्धित भाषाको शब्दमा रूपान्तरण हुन्छ। जसले गर्दा नेपाली र अङ्ग्रेजी मिसाएर लेखिएको पाठ्यसामग्रीलाई रूपान्तरण गर्दा पुन मिलाउन पर्ने झन्झट नहुने भएको छ। यस्तो कार्य मसिन लर्निङ मार्फत आर्टिफिसिएल इन्टेलिजेन्सको क्षमता सफ्टवेयरमा जडित भएकोले सम्भव भएको हो।
  • यस बाहेक प्रज्ञाको नेपाली वृहत शब्दकोशका शब्दार्थ खोज्नका लागि पनि यो प्रणाली उपयोगी छ । मूल शब्द खोज्दा त्यो सँग जोडिएका अन्य शब्दको समेत अर्थ दिनसक्ने गरि यसमा सुविधा उपलब्ध छ।


कसरी प्रयोग गर्ने सायक ?
सर्वप्रथम https://hijje.com मा गइ निशुल्क खाता बनाउने। खाता बनाउनको लागि इमेलको प्रयोग गर्नु पर्ने हुन्छ। नयाँ खाता बनाउदा प्रयोगकर्ताको पहिचान पुष्टि गर्नका लागि एउटा कोड इमेल मार्फत पठाइन्छ उक्त कोड राखेपछि पहिचान पुष्टि भई खाता सुचारु हुन्छ। यो बाहेक तपाईंसँग जिमेल वा फेसबुकमा पहिले देखि आफ्नो खाता छ भने उक्त खातामार्फत सिधै लगिन गरि सेवा सुचारु गर्न सक्नुहुन्छ। यो प्रणाली भित्र लगिन गरिसकेपछि यसले तीनवटा विकल्प देखाउँछ

* नेपाली हिज्जे परीक्षण
* फन्ट रूपान्तरण
* नेपाली शब्दकोश

उपलब्ध सेवा छनोट गरि प्रयोग गर्न सकिन्छ। नेपाली हिज्जे परीक्षणमा क्लिक गर्दा एउटा एडिटर खुल्छ जसमा तपाईंले नेपाली प्रीति फन्ट वा युनिकोडमा टाइप गर्न सक्नुहुन्छ। टाइप गर्दागर्दै गलत हिज्जे भएको शब्दलाई रातो धर्को लगाइदिन्छ। रातो धर्को लगाएको शब्दलाई राइट क्लिक गर्दा सही विकल्प छनोट गर्न सकिन्छ। यदि कुनै शब्द ठिक हिज्जे हुँदाहुँदै पनि रातो धर्को लगाएको छ भने उक्त शब्द प्रणालीमा उपलब्ध नभएर हुनसक्छ।

यो प्रणालीको शब्द भण्डार निरन्तर अद्यावधिक भइरहेकोले प्रत्येक हप्ता यसमा नयाँ सुधार देख्न सकिने पनि निर्माणकर्ताले जानकारी गराएका छन ।हाल यो सुविधा वेबमा मात्र भएपनि छिट्टै माइक्रोसफ्ट वर्ड प्रयोग गर्न मिल्ने गरि समेत यसको निर्माण भइरहेको छ।

Comments are closed, but trackbacks and pingbacks are open.