Engineeer Khabar

बृहत ईन्जिनियर भेला माघ १९ गते

१८ माघ २०७७ (काठमाडौं) । नेकपाको जनवर्गिय संगठन प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपाल(पिन)को केन्द्रीय समितिद्वरा आयोजित बृहत् ईन्जिनियर भेलालाई  यही माघ १९ गते दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्वोधन गर्ने कार्यक्रम रहेको छ।

राष्ट्रिय सभागृहमा हुने उक्त बृहत् ईन्जिनियर भेलामा ईन्जिनियरिङ क्षेत्रका नेता-कार्यकर्ता एवम् समर्थकको उपस्थिति रहनेछ । साबिकको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता भैसकेपछि बनेको नेकपाको पहिलो जनवर्गीय संगठनको रुपमा रहेको प्रोग्रेसिभ र्ईन्जिनियरिङ एशोसियसन नेपालले आम ईन्जिनियरिङ क्षेत्रका नेता, कार्यकर्ता एवं समर्थकलाई भोली माघ १९ गते हुने कार्यक्रममा व्यापक उपस्थितिको लागि आमन्त्रण समेत गरेको छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा दिउसो ३ बजेबाट शुरु हुने कार्यक्रमको लागि व्यापक रुपमा तयारी भैरहेको यस कार्यक्रमका प्रचार प्रसार संयोजक ई. खिमानन्द कँडेलले जानकारी दिनुभएको छ ।  कार्यक्रमको ब्य्वस्थापकको रुपमा पिन बागमती प्रदेश, विश्वबिद्यालय प्रदेश, निजामती तथा संस्थान प्रदेश कमिटी रहेका छन । 

पार्टी बिभाजनको असरलाई न्यूनिकरण गर्न र संघारमै आइसकेको निर्वाचनमा दरिलो ढङ्गले प्रस्तुत हुन पिनले आफ्नो गतिविधिलाई तिव्र रुपमा अगाडी बढाएको छ । उक्त भेला आगामी चैत २० गते नेपाल इन्जिनियर्स एशोसियसनको निर्वाचन केन्द्रीत समेत रहेको आयोजकले जनाएका छन ।  नेपाल इन्जिनियर्स एशोसियसनको ३२ औ केन्द्रिय कमिटी र प्रथम प्रादेशिक कमिटीको निर्वाचनमा पिनले अधिकांशमा स्थानमा पदाधिकारी सहित  शान्दर मत ल्याउदै जित हासिल गरेको थियो । यसपालीको चुनावमा पनि पिनले आफ्नो नेत्रित्वको शिल्शिला कायम राख्ने तयारी गरिरहेको छ र पिनको मुख्य प्रतिस्पर्धा सिडेनसँग हुने आकलन छ ।

प्रोग्रेसिभ ईन्जिनियरिङ एशोसियसन नेपालले नेपालका सातवटै प्रदेशमा प्रदेश समिति र देशका अधिकांश जिल्लाहरुमा जिल्ला समिति समेत बिस्तार गरिसकेको छ । यस बाहेक विश्वविद्यालय, विभिन्न सरकारी संस्थानहरु र अन्य विभिन्न क्षेत्रमा समेत संगठन विस्तार गरिसकेको छ । सांगठनिक संरचना टुङ्ग्याइसकेपछि पिनले आयोजना गरेको यस भेला राष्ट्रिय राजनितिमा छाएको घटनाक्रम, आगामी निर्वाचन, त्यस्तै समृद्ध नेपाल सुखी नेपाली अभियनमा ईन्जिनियरहरुको भुमिकाका बिषयमा केन्द्रीत हुनेछ।

त्यस्तै, प्रोग्रेसिभ र्ईन्जिनियरिङ एशोसियसन नेपालले यही माघ २३ गते काठमाडौँमा हुने विशाल जनप्रदर्शनमा समेत सहभागी हुन सबैमा अनुरोध गरेको छ ।

 

Comments are closed, but trackbacks and pingbacks are open.