Engineeer Khabar

पिनको केन्द्रिय कमिटी बिस्तार [१७ सदस्यीय केन्द्रीय कार्यालय सूची सहित]

काठमाडौं । नेकपानिकट इन्जिनियरहरूको भेलाले प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल (पिन) को केन्द्रीय कमिटी विस्तार गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतमा सम्पन्न ‘बृहत इन्जिनियरिङ भेला’ मा पिनका अध्यक्ष शम्भू बहादुर श्रेष्ठले अध्यक्षको विशेषाधिकारलाई प्रयोग गर्दै १७ सदस्यीय केन्द्रीय कार्यालय सदस्य, ४५ सदस्यीय सचिवालय राख्दै कुल ४०१ सदस्यीय केन्द्रीय कमिटी बिस्तार गरेका छन ।

भेलाले उपाध्यक्षमा डा. सुरज लामिछाने, महासचिवमा हरिराम पराजुली, सचिवमा सन्जिव रोकाहा र कोषाध्यक्षमा शिवमंगल गिरीलाई चयन गरेको छ । त्यस्तै भेलाले केन्द्रीय कार्यालयमा केपी सापकोटा, एस पराजुली, बि भट्टराई, गजेन्द्र थपलिया, डा.भेषराज थापा, अन्जना भट्ट, डा. सुमित्रा अमात्य, खिमानन्द कंडेल, एस. आर. केसी, नारायण अर्याल, अर्जुन पौडेल र टेकराज सुवेदी चयन गरेको छ ।

नेकपानिकट बृहत इन्जिनियरिङ भेलामा इन्जिनियर तथा आर्किटेक्टहरुको उल्लेख्निय उपस्थिती रहेको भएता पनि पिनका प्रचण्ड–माधव नेपाल पक्षका इन्जिनियर भने उपस्थित थिएनन । पार्टीमा देखिएको विभाजनपछि अध्यक्ष शम्भुवहादुर श्रेष्ठ सहित बहुसंख्यक नेतृत्व ओली पक्षमै रहेको आयोजकको दाबी छ ।

[यहाँ हेर्नुस् कार्यालय सदस्यसहितको सुची]

Comments are closed, but trackbacks and pingbacks are open.