Engineeer Khabar

नेपाल इन्जिनियर्स एशोसिएसनको चुनावमा एमाले-जसपा गठबन्धन [सम्झौता पत्र सहित]

काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको आसन्न निर्वाचन मा नेकपा एमाले को जनसङठन पिन र जसपा को इन्जिनियर सङठन राष्ट्रिय इन्जिनियर संघ बिच गठबन्धन गर्ने  समझदारी भएको छ ।

राष्ट्रिय राजनीतिमा समेत ने.क.पा. एमाले र जसपा बिच चलिरहेको समिकरण सम्बादबीच  आसन्न इन्जिनियरहरुको चुनावमा समेत त्यसको प्रतिबिम्ब झल्किने भएको छ । आज भएको बैठकको निष्कर्षले ने.क.पा एमालेका जनसंगठन प्रोग्रेसिभ इन्जिनियरिङ एशोसिएसन नेपाल (पिन) र जसपा समर्थित राष्ट्रिय इन्जिनियर संघबीच इन्जिनियर्स एशोसियसनको चुनावमा संयुक्त प्यानल बनाउने सहमति गरेको छ । आइतबार एमाले समर्थित पिनका अध्यक्ष शम्भु बहादुर श्रेष्ठ र जसपा समर्थित संघका अध्यक्ष भगवान झाले संयुक्त विज्ञप्ति जारी गर्दै केन्द्र तथा प्रदेशहरुमा संयुक्त रुपमा चुनावी तयारी गर्ने जनाएका छन् ।

नेपाल इन्जिनियर्स एशोसियसनको ३३ औं केन्द्रीय कार्यकारिणी समिति तथा दोस्रो प्रदेृश कार्यकारिणी समितिको चुनाव वैशाख २४ मा हुँदैछ ।

Comments are closed, but trackbacks and pingbacks are open.