Engineeer Khabar

डा. सुरज लामिछानेको नेतृत्वमा ने.ई.ए केन्द्रमा पिनको उम्मेद्वारी: [पूर्ण सुची सहित]

ने.क.पा एमालेको प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) र र जनता समाज पार्टी निकट इन्जिनियर संगठनको गठबन्धनले डा. सुरज लामिछाने र ई. बिरोध रिजालको नेतृत्वमा उम्मेद्वारी दर्ता गरेको छ ।

यसैसंगै  नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा ने.क.पा एमाले भित्रको ओलीसमुह, नेपालसमुह  र जनता समाजपार्टी निटक इन्जिनियर संगठनको गठबन्धन बनेको छ । यहि बैशाख २४ गते हुन गैरहेको ३३ औं केन्द्रिय कार्यकारिणी समिति तथा दोश्रो प्रदेश कार्यकारिणी समिति र इन्जिनियरिङ परिषद्को सदस्यको लागि पिनको तर्फबाट यस्तो गठबन्धन बनेको हो ।

उच्च मनोवलका साथ सम्पूर्ण इन्जिनियर तथा आर्किटेक्टहरुको लागि काम गर्न सिंगो टिम नै एकजुट भएर लाग्नेमा आफु बिश्वस्त र प्रतिबद्द रहेको  जानकारी ने.ई.ए केन्द्रका अध्यक्ष उम्मेद्वार डा. सुरज लामिछानेले इन्जिनियर खबरसंग व्यक्त गरे ।

पत्रकार महासंघको निर्वाचनमा नेकपा एमालेका ओली र नेपाल पक्ष भिन्दा-भिन्दै तरिकाले प्रस्तुत भएता पनि इन्जिनियरिङ क्षेत्रमा भने सहकार्य गर्ने भएका छन् ।

पूर्ण सुची:
अध्यक्ष: डा. सुरज लामिछाने 
उपाध्यक्ष: ई. देउकाजी गुरुङ 
महासचिव: ई. बिरोध रिजाल
उपमहासचिव: ई. हिरामान वाइवा
कोषाध्यक्ष: ई. आनन्द सिंह
सहकोषाध्यक्ष: ई. अर्जुन पौडेल
सदस्यहरु:
ई. तिलक लामिछाने
ई. लक्ष्मी नारायण चौधरी
ई. प्रवेश पौडेल
ई. विवस राज आचार्य
ई. चन्द्र राना
ई. पुष्पराज घिमिरे
ई. सुमन न्यौपाने
ई. अशोक बिष्ट
ई. सौरभ कार्की
ई. हरि बराल
ई. रिजन गजुरेल
ई. अशोक पौडेल  

बाँकी सात जना केन्द्रीय सदस्यहरु प्रत्येक प्रदेशबाट एक-एक गरि कुल पच्चीस जना नेपाल इन्जिनियर्स एशोसिएसनको केन्द्रीय कमिटिमा निर्वाचित हुने व्यवस्था रहेको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.