Engineeer Khabar

नेईए निर्वाचन: पिनबाट बागमती प्रदेशमा ई. बिनोद सापकोटाको नेतृत्वमा उम्मेद्वारी: [पूर्ण सुची सहित]

नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा बागमती प्रदेशको दोश्रो कार्यकारिणी समितिमा प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन)ले ई. बिनोद सापकोटा र ई. हरेराम हुमागाईको नेतृत्वमा उम्मेदवारी दर्ता गराएको छ।

करिब ५९.५ प्रतिशत (१२९००) संख्यामा मतदाता रहेको बागमती प्रदेशमा ने.क.पा एमालेको तर्फबाट संस्थापन ओली र नेपाल समुहद्वारा संयुक्त उमेद्वारी परेको छ ।

दोश्रो प्रदेश कार्यकारिणी समिति  सभापतिमा ई. बिनोद सापकोटा, उपसभापतिमा ई. कृष्ण घिमिरे, सचिवमा ई. हरेराम हुमागाई, सहसचिवमा ई. सबिन अधिकारी र कोषाध्यक्षमा ई. उमेश जंग थापाले  उम्मेदवारी दिएका छन् । त्यस्तै बागमती प्रदेशबाट केन्द्रीय सदस्यका लागि ई. लोकनाथ रेग्मीले उम्मेद्वारी दिएका छन् ।

पूर्ण सुची:

केन्द्रीय सदस्य (बागमती): ई. लोकनाथ रेग्मी

सभापति: ई. बिनोद सापकोटा
उपसभापति: ई. कृष्ण घिमिरे,
सचिव: ई. हरेराम हुमागाई
सहसचिव: ई. सबिन अधिकारी
कोषाध्यक्ष: ई. उमेश जंग थापा
सदस्यहरु:
ई . तिलक बहादुर श्रेष्ठ
ई . पुरन सुबेदी
ई . विश्व राम खत्री
ई . धिरज बस्नेत
ई .निज्जल सिटौला
ई .प्रदिप तामांग
ई . विकास भट्ट
ई .आरति लामिछाने
ई .राजु दंगाल
ई .आशिष थपलिया

 

त्यस्तै, ने.क.पा एमालेको प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) र र जनता समाज पार्टी निकट इन्जिनियर संगठनको गठबन्धनले नेपाल इन्जिनियर्स एशोसिएसनको  केन्द्रीय समितिमा  डा. सुरज लामिछाने र ई. बिरोध रिजालको नेतृत्वमा उम्मेद्वारी दर्ता गरेको छ ।

 

यो पनि हेर्नुहोस्!!!

डा. सुरज लामिछानेको नेतृत्वमा ने.ई.ए केन्द्रमा पिनको उम्मेद्वारी: [पूर्ण सुची सहित]

Comments are closed, but trackbacks and pingbacks are open.