Engineeer Khabar

डा. ढकालले दिए ने.इ.ए. महासचिवमा उम्मेदवारी

यहि बैशाख २४ गते हुन गईरहेको नेपाल इन्जिनियर्स एशोसिएसन (ने.इ.ए.)को ३३ औं केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनमा डा. शंकर ढकालले महासचिवमा उम्मेदवारी दर्ता गराएका छन् ।

आफ्नो सामाजिक संजालबाट अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेता पनि बिधानमा रहेको प्रावधान बमोजिम उनको १५ वर्षको एशोसिएसन सदस्यता नपुग्दा उनले उनले एशोसिएसनको महासचिवमा उम्मेदवारी दिएका हुन्।

डा. ढकालका सामाजिक संजालमा पेश गरिएको बिचार अनुसार उनले आफ्नो एजेण्डा स्थापित गर्न उमेद्वारी दिएका छन् । डा. ढकालले आफु निर्वाचित भएमा आफ्नो  पहिलो प्राथमिकतामा अध्यक्ष हुनको लागि राखिएको १५ वर्षेहदम्याद हटाउन प्रतिबद्द रहने बताएका छन्। त्यस्तै ढकालले प्रतिस्पर्धालाई प्राथमिकतामा राख्ने र कुनै पनि उम्मेद्वार संगठनबाट भन्दा पनि खुला रुपले आफ्नो एजेन्डाले अगाडी बढ्नु पर्ने बिचार राखेका छन् ।

 

Comments are closed, but trackbacks and pingbacks are open.