Engineeer Khabar

गण्डकीमा नेईए निर्वाचन: एमाले-कांग्रेस एकै ठाउँ [सूचीसहित]

ने.क.पा एमाले निकट प्रोग्रेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) र नेपाली काँग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को गठबन्धनले पिनका ई. ध्रुबराज भट्टराईको नेतृत्वमा नेपाल इन्जिनियर्स एशोसिएसन गण्डकी प्रदेश कार्यकारणी समितिको उम्मेद्वारी दर्ता संयुक्त रुपमा गरेको छ ।

यसैसंगै आसन्न नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा प्रगतिशील र लोकतान्त्रिक समुहको संयुक्त उम्मेदवारी परेको यो पहिलो एवं बिशेष समीकरण रहेको पाईन्छ । पिनको तर्फबाट गठित ई. बुद्धि राज जोशीको नेतृत्वको तीन सदसिय कार्यदलले माओवादी केन्द्र निकट इन्जिनियरहरुसंग वार्ताको थुप्रै प्रयास गरेता पनि वार्तामा बस्न इच्छुक नदेखिदा सो कार्यदलले इन्जिनियरहरुको एकताको संदेशको लागि सिडेनसंग वार्ता गरेको हो । वार्ताले पिन तर्फवाट सभापतिमा ई. ध्रुबराज भट्टराईको नेतृत्व र प्रदेशबाट केन्द्रमा सदस्यका लागि सिडेनको तर्फबाट ई. बिजेन्द्र बहादुर के. सि. को नाममा सहमति जुटाएको हो । सो सम्झौतामा पिनको तर्फबाट ई. बुद्धि राज जोशीले हस्ताक्षर गरेका थिए भने  सिडेनबाट ई. राजेश भट्टराईले हस्ताक्षर गरेका थिए ।

उक्त समीकरणले सभापतिमा ई. ध्रुबराज भट्टराई, उप सभापतिमा ई. सन्तोस जिसी, सचिवमा ई. अन्जन थापा, सह सचिवमा ई. विमल आचार्य, कोषध्यक्षमा ई. सुरेश तिमिल्सिनाको उम्मेद्वारी दर्ता गरेको छ । त्यस्तै, सदस्यहरुमा ई.सन्तोष काफ्ले, ई.हेम प्रसाद गुरुङ, ई.कृष्ण भण्डारी, ई.अस्मिता खनाल, ई.जयन्द्र भट्ट, ई.प्रकाश काफ्ले, ई.शिव नारायण गोशेली, ई.गणेश पाण्डे, ई.सागर बस्याल, ई.रविन्द्र पौडेलले उम्मेद्वारी दर्ता गरेका छन्।

यस बाहेक ने.ई.ए केन्द्रमा भने पिनको तर्फबाट ने.क.पा एमालेको संस्थापन ओलीपक्ष, नेपालसमुह  र जनता समाज पार्टी निकट इन्जिनियर संगठनको गठबन्धन बनेको छ ।

पूर्ण सुची:

Comments are closed, but trackbacks and pingbacks are open.