Engineeer Khabar

नेईए निर्वाचनः लुम्बिनी प्रदेशमा वाम गठबन्धनको संयुक्त उम्मेद्वारी 

नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशमा प्रगतिशील समुहका इन्जिनियरहरुको गठबन्धनमा ई. जीवन अर्यालको नेतृत्वमा संयुक्त प्यानलको उम्मेद्वारी दर्ता गरिएको छ ।

उम्मेदवारी दर्ताको क्रममा पिन लुम्बिनी प्रदेशका ईन्चार्ज ई.दुजेन्द्र बस्नेत, केन्द्रिय कार्यलय सदस्य ई. नारायण अर्याल, ई.अरुण खनाल, ई.रामु श्रेष्ठ , ई.दिपक पाण्डे, ई.किरण काफ्ले, ई.शिशिर ज्ञवाली , ई.अर्जुन अर्याल लगायतको उपस्थिति थियो |

आसन्न बैशाख २४ मा हुन गईरहेको नेईए निर्वाचनमा लुम्बिनी प्रदेशमा प्रगतिशील समूहहरुले इन्जिनियरहरुको एकताको संदेश दिएका छन् । संयुक्त गठबन्धनले सभापतिमा ई. जीवन अर्याल, उपसभापतिमा ई.दिवाकर प्याकुरेल, सचिवमा ई.विवेक लामिछाने, सहसचिवमा ई.नवसुजित भण्डारी, कोषाध्यक्षमा ई.शेषमणी पौडेललाई अगाडी बढाएको छ । त्यसैगरी सदस्यहरुमा तुल्सिराम ओस्ति , दिपेश घिमिरे , निशा बन लगायतको उम्मेदवारी दर्ता भएको छ |

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या करिब १६३२ जना रहेका छन् ।

Comments are closed, but trackbacks and pingbacks are open.