Engineeer Khabar

नेईए निर्वाचन उम्मेद्वारी विवादका बुझ्नै पर्ने तथ्यहरु: घट्नाक्रम अनुसार [एकै कार्यविधिमा कतै सदर कतै बदर]

नेपाल इन्जिनियर्स एशोसिएसन ३३ केन्द्रीय कार्यकारिणी समिति तथा दोश्रो प्रदेश कार्यकारिणी समितिको लागि आगामी बैसाख २४ गते हुन् गईरहेको निर्वाचनको अन्तिम उम्मेद्वारको नामावली त्रुटिपूर्ण देखिन आएको छ ।

निर्वाचन तालिका 

 जुन सुकै उम्मेद्बारलाई पनि “उम्मेद्वार मनोनयन फारम “भरेर  खारेज गर्न सकिने सम्भावना रहेको 

विधान बमोजिम “कुनै पनि पदको उम्मेद्वारले अन्य कुनै पदको उम्मेद्वारका लागि प्रस्तावक वा समर्थक हुन् पाउने छैन”  भन्ने प्रावधान रहेको छ ।

अहिले को नजिर अनुसार निर्वाचनको लागि उम्मेद्बारी दिएका जुनसुकै कुनै उम्मेद्वारलाई लक्षित गरी, उम्मेद्बारी दिने अन्तिम दिनको अन्तिम समयमा  कुनै फलानो (फेक/डम्मी) उम्मेद्वारले यस अगाडि उम्मेद्वारी बुझाएका उम्मेद्वारको ने.ई.ए. नम्बर र हस्ताक्षर  प्रस्तावक वा समर्थक राखिदिर फारम बुझाएमा, फलानो (फेक/डम्मी) उम्मेद्वारको उम्मेद्बारी दर्ता हुन सक्ने सम्भावना देखिएको छ । त्यसो हुँदा स्वत: दुवै उम्मेद्बारी खारेज हुने देखिएको छ ।
ने ई ए ले प्रस्तावक र समर्थकको उपस्थिती अनिवार्य नगरेको अवस्थामा आगामी दिनमा समेत यस्ता बिकृति नआउँलान भन्न सकिन्न ।

ने ई ए निर्वाचन समितीले यस्तै समस्या नदेखियोस भन्ने सन्दर्भमा मिति २०७७ चैत्र २६ गते  बसेको बैठकबाट चैत्र २७ गते दिउसो २ बजेसम्म समर्थक वा प्रस्तावक यकिन गरी सच्याउन  समय समेत दिएको थियो ।

 

उम्मेद्वारको निवेदन उपर छानबिन

निर्वाचन समितीको तालिका अनुसार २०७७ चैत्र २४ र २५ गते उम्मेद्वारको निवेदन उपर छानबिन पस्चात चैत्र २६ गते उम्मेद्वारको प्रथम नामावली प्रकाशन गरिएको थियो । सम्भवत:यो प्रथम नामावली भएको हुँदा यसमा सदर वा बदर बारे केही जानकारी राखिएको थिएन ।

सुची हेर्नुहोस्

तालिका बमोजिम चैत्र २७ गते भित्र उम्मेद्वारको नामावली उपर दावी बिरोध गर्ने प्रावधान राखिएको थियो । र त्यही प्रस्तावक र समर्थकको बिषयमा केही दाबी बिरोध पनि परेको थियो ।

समर्थक वा प्रस्तावक यकिन गरी सच्याउन दिईएको अवधी 

चैत्र २७ भित्र समर्थक वा प्रस्तावक यकिन गरी सच्याउन दिईएको समयमा, ने ई ए कर्णाली प्रदेशमा यस्तै प्रकृतिको समस्या देखिएको हुदा मिति २०७७ चैत्र २६ गते  बसेको बैठकको निर्णय बमोजिम उक्त प्रदेशको भने सचाइएको छ ।

कर्णाली प्रदेशले मात्रै पायो सच्याउने अवसर तर परिपत्र गर्ने केन्द्रले नै आफ्नो निर्णयमा अडिन सकेन 

ने ई ए कर्णाली प्रदेशमा समेत यस्तै प्रकृतिको समस्या देखिएको हुदा,मिति २०७७ चैत्र २६ गते  बसेको निर्वाचन समितिको बैठकको निर्णय बमोजिम उक्त प्रदेशको प्रस्तावक सचाइएको छ ।

त्यस्तै कर्णाली प्रदेशका सभापति पदका उम्मेद्वार ई हरि केसी का समर्थक सागर श्रेष्ट समेत उक्त प्रदेशको मतदाता सुचीमा नरहेको भेटिएको छ ।

 

गण्डकी प्रदेशको सन्दर्भमा निर्वाचन समितिले आखा चिम्लिएको 

केन्द्रीय उपमहसचिबका उम्मेद्वार ई बिकास वाग्ले निर्वाचन कार्यविधि २०७५ को १३(ङ) को प्रावधान (कुनै पनि पदको उम्मेद्वारले अन्य कुनै पदको अर्को उम्मेदवारका लागि प्रस्तावक वा समर्थक हुन पाउनेछैन) बिपरित गण्डकी प्रदेशका उम्मेद्वारहरुको प्रस्तावक रहेका छन् ।

यसरि सुरु भयो बिवाद

निर्वाचनमा उम्मेद्बारी दिएका र यस्ता किसिमका समस्या नदेखिएका उम्मेद्वार लोकतान्त्रिक प्यानलद्वारा यस् बिषयमा आपती जनाउदै यस् किसिमका समस्या देखिएका सबै उम्मेद्वार खारेज हुनुपर्ने भन्दै बिवाद सुरु भएको थियो ।

ने ई ए केन्द्रमा दाबि बिरोधको लागि तोकिएको मिति भित्र उपमहसचिवको उम्मेद्बारीको लागि मात्रै दाबी बिरोधको  निवेदन समेत परेको थियो । हाल प्रकशित गरिएको सुचीमा खारेज गरिएका अधिकांस पदमा दाबि बिरोध नपरेको हुदा, यो कार्य निकै नै संकास्पद देखिएको छ ।

दावी बिरोध / निवेदन नै न-परेको उम्मेद्वारी खारेजी 

ने.ई.ए. केन्द्रमा उपाध्यक्षको उम्मेदार ई देउकाजी गुरुङ को समर्थक र केन्द्रीय सदस्य उम्मेदवार ई. लक्ष्मी नारायण चौधरीको प्रस्तावक एकै भएको सन्दर्भमा उजुरी वा कुनै किसिमको निवेदन समेत नपरेको जानकारी निर्वाचन समितिबाट प्राप्त भएको छ  ।  उक्त सन्दर्भमा केन्द्रीय सदस्य उम्मेदवार ई. लक्ष्मी नारायण चौधरीले समेत उम्मेद्वारी फिर्ता लिईएको अवस्थामा, उपाध्यक्षको उम्मेदार ई देउकाजी गुरुङ को उम्मेद्वारी खारेजी हुनु निकै नै संकास्पद देखिएको छ ।

उम्मेद्बारी फिर्ता

चैत्र २९ गते भित्र उम्मेद्बारी फिर्ता गर्ने तालिकाअनुसार बिभिन्न किसिमको बिवाद देखिएको सन्दर्भमा केही उम्मेद्वारले निर्वाचन समितीले दिएको प्रस्तावक र समर्थक सच्याउने समयमा सचाइएको भएता पनि निर्वाचन प्रकृया सहज बनाउनका निम्ती उपमहासचिब पदका उम्मेद्वार ई हिरा मान वाइवा र केन्द्रिय सदस्य उम्मेद्वार ई लक्ष्मी नारायण चौधरी ले उम्मेद्बारी फिर्ता समेत लिएका थिए ।

बिवाद झन थपियो

निर्वाचन समिती आफुले सच्याउने समय पनि दिने र सो अवधिमा सच्याइएको पदहरु पनि खारेजीको सुचीमा राख्ने निर्णय आफैमा रहस्यमय देखिएको छ । यसै संगै प्राप्त उम्मेद्वारी फिर्ता समेत कसैको सदर भएको देखिन्छ भने कसैको बदर भएको देखिन्छ ।

यसरी केही उम्मेद्वारले उम्मेद्बारी फिर्ता लीईसकेपछी, प्रस्तावक वा समर्थक दोहोरो हुने सम्भावना अन्त्य भएको देखिन्छ । अर्थात उपमहासचिव उम्मेद्वार ई हिरा मान वाइवाले उम्मेद्बारी फिर्ता लिए संगै महासचिब उम्मेद्वार ई. बिरोध रिजाल र ई. लक्ष्मी नारायण चौधरी, केन्द्रिय सदस्य उम्मेद्वारले उम्मेद्बारी फिर्ता लिए संगै उपाध्यक्ष उम्मेद्वार ई. देउकाजी गुरुङको प्रस्तावक र समर्थकको समस्या अन्त्य भएको देखिन्छ ।

निर्वाचन समितिले उम्मेद्वारको प्रथम नामावली प्रकाशित गर्दा त्यसमा सदर बदर नखुलाएको र केहि उम्मेद्वारले उम्मेद्वारी नै फिर्ता लिदा प्रस्तावक र समर्थकको समस्या समेत नरहेको सन्दर्भमा दुवै उम्मेद्बारी खारेज भएको भनी सुची प्रकाशित हुँदा यसले सबैलाई चकित बनाएको छ ।  दुवै पद यदि खारेज नै हुने अवस्था रहन्थ्यो भने, पहिलो सुचीमा नै बदर सहित प्रकाशित हुनुपर्ने देखिन्छ ।

नेईए निर्वाचन समितिका सदस्य चौलागाईंले दिए राजीनामा

डा. नारायण चौलागाईका अनुसार निर्वाचन समिति आफैमा स्वायत रहेर निर्णय लिनु पर्नेमा लोकतान्त्रिक समुहबाट चरम हस्तक्षेप भएको हुदा आफुले सो जिम्मेवारीबाट राजनीमा दिएको जनाएका छन् । कुनै पनि उम्मेद्वारको दोहोरो प्रस्तावक र समर्थक रहन नमिल्ने व्यस्था भए अनुसार निर्वाचन समितिले मिति २०७७ चैत्र २७ गते दिउसो २ बजे भित्र उक्त बिवरण सच्याउने अवधि निर्धारण गरेको र सो अवधि भित्र सच्याउने काम समेत सम्पन्न भईसकेको अवस्थामा अनावश्यक दबाब सिर्जना गरि निर्वाचन समितिलाई वसमा पारि आफु अनुकुल आफ्नो प्रतिष्पर्धीको उम्मेद्वारी रद्द गर्ने अनैतिक काम आफु बाट हुन नसक्ने समेत बताएका छन् । साथै केहि उम्मेद्वारले  आफ्नो उम्मेद्वारी फिर्ता दिईसकेको र तत्पश्चात बाकि रहेको कुनै पनि उम्मेद्वारमा दोहोरो प्रस्तावक र समर्थक नरहेको सन्दर्भमा समेत उम्मेद्वारी खारेज गर्ने दबाब आएको हुदा सो जिम्मेवारीबाट आफुले राजनीमा दिन बाध्य भएको बताएका छन् ।

कसैको सदर कसैको बदर 

ने.ई.ए. केन्द्रीय सदस्य उम्मेद्वार ई. मनोज लुइँटेल र ई. सौरभ कार्कीको दोहोरो प्रस्तावक र समर्थक रहेकोमा ई. मनोज लुइँटेलले उम्मेद्वारी फिर्ता गरेका कारण ई. सौरभ कार्कीको उम्मेद्वारी सदर भएको देखिन्छ भने उपाध्यक्षका उम्मेदवार ई देउकाजी गुरुङ र केन्द्रीय सदस्य पदका उम्मेदवार ई. लक्ष्मी नारायण चौधरीकोको दोहोरो प्रस्तावक र समर्थक रहेको सन्दर्भमा ई लक्ष्मी नारायण चौधरीको उम्मेद्वारी फिर्ता हुदा पनि उपाध्यक्ष उम्मेद्वारको पनि उम्मेद्वारी बदर गरिएको देखिन्छ । साथै महासचिब र उपमहासचिवको उम्मेद्वारको पनि दोहोरो प्रस्तावक र समर्थक रहेको  अवस्थामा  उपमहासचिवबाट उम्मेद्वारी मनोनयन फिर्ता हुदा समेत, दुबैको उम्मेद्वारी रद्द गरिएको हुदा निर्वाचन समितिले एकै कार्यविधिमा दोहोरो मापदण्ड राखी कार्यान्वयन गरिएको पाईएको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.