Engineeer Khabar

प्रशासकीय अधिकृतबाट असुरक्षित महसुस गर्दै प्राविधिक: नेइएको गम्भीर ध्यानाकर्षण

नेपाल इन्जिनियर्स एशोसिएसन (नेइए) बागमती प्रदेश कार्यकारिणी समितिले शिवपुरी गाउँपालिकामा कार्यरत ई. शिशिर भट्टराईमाथि भएको दुर्व्यवहारप्रति गम्भीर ध्यानाकर्षण गराउदै गाउपालिका अध्यक्षलाई पत्र लेखेको छ ।

गाउँपालिकाको चालु आर्थिक वर्षमा रहेका विभिन्न आयोजनाको खरिद प्रक्रियामा देखिएको लापरबाही उपर बिमति राख्दा कार्यालयका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यबाट अपहेलित हुनु परेको गुनासो ई. भट्टराईले व्यक्त गरेका छन् । पटक पटक यस्तो घटना भईराख्दा आफुलाइ बाराम्बार दबाब दिईएको, बिभिन्न अपशब्द समेत प्रयोग गरिएको र आफुले काम गर्न असुरक्षित महसुस भएको भन्दै ई भट्टराईले सुरक्षाको प्रत्याभूति गराइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा माग गरेका छन् ।

प्रशासकीय अधिकृतको दादागिरी: स्थायी इन्जिनियरको जिम्मेवारी हटाएर करारका सब-इन्जिनियरलाई जिम्मेवारी 

इन्जिनियरखबरले गाउपालिकाको सडक तथा अन्य पूर्वाधार बिकास ईकाईबाट ई. भट्टराईलाई भवन निर्माण तथा बस्ति विकास इक्काईमा जिम्मेवारी हेरफेर गरिएको पत्र समेत प्राप्त गरेको छ । स्थायी ई.भट्टराई काम गर्दै आएको इकाईमा करारमा कार्यरत सब-इन्जिनियरलाइ जिम्मा लगाइनु र ई. भट्टराईले प्रयोग गर्दै आएको मोटरसाइकल समेत जिन्सी शाखामा बुझाइ भर्पाइ पेश गर्न लगाउनुले इन्जिनियरसंग प्रमुख प्रशासकीय अधिकृतको प्रतिशोधको अवस्था दर्शाएको छ ।

गाउँपालिकाको पत्रपछि ई. भट्टराईले असुरक्षा महशुस भएको भन्दै सो मन्त्रालय, नेइए र सो गाउँपालिकाको उपाध्यक्षलाई सुरक्षाका लागि पत्रचार गरेका थिए ।

नेपाल इन्जिनियर्स एसोसिएनको ध्यानाकर्षण

No description available.

ई भट्टराईबाट प्राप्त गुनासोलाई मध्यनजर नेपाल इन्जिनियर्स एसोसिएन, बागमती प्रदेश कार्यकारिणीले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र गाउपालिका उपाध्यक्षको सचिवालयलाई बोद्धार्थ दिदै गाउपलिकालाई पत्र पठाएको छ । एशोसिएसनले उक्त घटना बारे सत्य तथ्य सार्वजनिक गरि अह्रोरात्र फिल्डमा खटिने प्राविधिकले सुरक्षित महशुस गर्दै काम गर्न पाउनु पर्ने र प्राविधिकले उच्च मनोबलका साथ काम गर्न पाउनु पर्ने जोडदार माग समेत गरेको छ ।

 

 

Comments are closed, but trackbacks and pingbacks are open.