Engineeer Khabar

आन्तरिक उडान सोमबार मध्यरातदेखि बन्द हुने

काठमाडौं । कोभिड-१९ को संक्रमण अत्याधिक रुपमा बढेको अवस्थालाई मध्यनजर गर्दै सरकारले आन्तरिक उडान भोलि सोमबार मध्यरातदेखि बैशाख मसान्तसम्म रोक लगाउने निर्णय गरेको छ ।

आज बेलुका बसेको मन्त्रिपरिषद् बैठकले बैशाख २० गते मध्यरातदेखि आन्तरिक उडान र बैशाख २३ गते मध्यरातदेखि बैशाख मसान्तसम्म अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने निर्णय गरेको छ ।

सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरुलाई भने अनुमति दिने भएको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.