Engineeer Khabar

ई. उत्तम पुडासैनी एयरवार्ड्स ड्रोन अवार्ड्सको राइजिंग स्टार विधामा सूचिकृत: [भोट गर्ने तरिका सहित]

एयरवार्ड्स प्लाटफर्म  ले “सेलेब्रेटिंग द फुचर अफ यु.ए.भी.” बिषयमा राइजिंग स्टार  विधा अन्तर्गत नेपालका ई. उत्तम पुडासैनी लाई सुचिकृत गरेको छ । अनेकौ चरण तथा निर्णायक समुहको नतिजाबाट, विश्वभरबाट सहभागी बिभिन्न प्रतिष्पर्धी मध्ये उत्कृस्ट १४ भित्र ई. उत्तम पुडासैनी पर्न सफल भएका छन् ।

एयरवार्ड्स प्लाटफर्म ले बिभिन्न क्षेत्रमा ड्रोनको उत्कृस्ट अभ्यास र आयामहरु कस्ता हुन सक्छन भन्ने बारे मार्गनिर्देशन दिने गरेको छ । एयरवार्ड्स ड्रोन अवार्ड्समा हाल पांच वटा विधाहरु रहेका छन् जस मध्ये, संस्थागत विधा तर्फ दुई वटा छन् भने व्यक्तिगत तर्फ तिन वटा छन् । संस्थागत तर्फ एक्स्टर्नल एड्भोकेट  तथा एसएमई  रहेको छ भने व्यक्तिगत तर्फ डिसरप्टर, इन्डस्ट्री इम्प्याक्टरराइजिंग स्टार  विधाहरु रहेका छन् । व्यक्तिगत तर्फको राइजिंग स्टार  विधामा १४ जना छानिएका मध्येबाट ई. उत्तम पुडासैनी प्रतिनिधित्व गर्दै छन्  ।

यस लिंकमा गई भोट गर्न सकिनेछ ।

को हुन् ई. उत्तम पुडासैनी?
ई. उत्तम पुडासैनी पेशाले जियोम्याटिक्स इन्जिनियर र संगसंगै प्राविधिक उद्यमी हुन् । उनले सन् २०१४ देखि आइ.सी.टि(ICT) क्षेत्र, जी.आइ.एस(GIS), Drones जस्ता फ्रन्टियर टेक्नोलोजीको अनुप्रयोगहरुमा काम गर्दै आएका छन् । उनी एक भू-सेवा प्रदायक कम्पनी (NAXA) नक्शा प्रा लि का सह-संस्थापक पनि हुन् जहाँ उनी मुख्यतया  डाटा र डिजिटल प्रविधिको माध्यमबाट समाधानहरु खोज्ने गर्छन । गोर्खा भूकम्प २०७२ को समय देखि, ई पुडासैनीले ड्रोनको प्रयोग विपद क्षेत्र नक्शांकन, विपद उत्थान्शीलता, स्वास्थ्य क्षेत्र एवं कृषि क्षेत्रमा गरिरहेका छन् । ई. पुडासैनीले  नेपाल फ्लाइंग ल्याब्स नामक संस्था, जुन अन्तर्राष्ट्रिय फ्लाइंग ल्याबको अभिन्न अंग समेत रहदै आएको छ, समेत हाक्दै आएका छन । त्यस्तै विपद जोखिम न्यूनीकरणमा महत्वपूर्ण काम गर्दै आएको इन्स्टिच्युट अफ हिमालायन रिस्क रिडक्सनमा समेत ई. पुडासैनी  सह संस्थापकका रुपमा कार्यरत छन् । 

ड्रोट्स नामक परियोजनामा ड्रोनले क्षयरोगका बिरामी पत्ता लगाउन प्यूठानको स्वर्गद्वारी नगरपालिका र प्यूठानका सबै स्वास्थ्य संस्थाबाट शंकास्पद बिरामीको खकारको नमूना संकलन गरेर जिल्ला अस्पताल र जिल्ला अस्पताल र भिङ्ग्री प्राथमिक स्वास्थ्य केन्द्रमा पठाउने कार्यमा समेत ई. पुडासैनीले नेतृत्वदायी भूमिका खेलेका थिए कोभिड१९ को लकडाउनको समयको सदुपयोग गरि बिभिन् सहरी केन्द्रहरुमा उच्च रिजोलुसन नक्शांकनका लागि ड्रोन सर्वेक्षणका कामहरुको नेतृत्व समेत ई. पुडासैनीले गरेका छन् । त्यस्तै, कोभिड१९ कै लकडाउनको समयमा बिभिन्न क्षेत्रहरु भएको नवीनतम प्रयासको नक्शांकन तथा अभिलेखको लागि नास्टको नेतृत्वमा राष्ट्रिय इन्नोभेसन पोर्टल  समेत निर्माण गरिएको थियो जसमा ई. पुडासैनीले महत्वपूर्ण भूमिका खेलेका थिए

आधुनिक प्रविधिको प्रयोग, क्षमता बिकास तथा प्रविधि हस्तान्तरणमा समेत उल्लेखनीय भूमिका खेल्दै आएका ई. पुडासैनी यस भन्दा अगाडी पनि बिभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भई सकेका छन्  । गोर्खा भूकम्प पछि अन्तर्राष्ट्रिय साझेदार मेडायरटेरासेन्ससँग गरिएको महत्वपूर्ण आपतकालीन जोखिम न्यूनीकरण कार्यको लागि उनको टोलीले अभ्सी एक्सिलेन्स (AUVSI XCELLENCE) मानवीय संचालन पुरस्कार २०१८ समेत हासिल गरेका थिए । त्यस्तै, नेपालका ग्रामीण स्थानहरूमा मेडिकल कार्गो ड्रोनको प्रयोगका कारण, सन् २०२० मा, उनको टोलीले दुई वटा अन्तर्राष्ट्रिय पुरस्कारहरू अभ्सी एक्सिलेन्स मानवीय संचालन पुरस्कार २०२०२०२० TIACA एयर कार्गो सस्टेनेबिलिटी पुरस्कार समेत ई. पुडासैनीले हासिल गरेका छन् ।

ई. पुडासैनीले यस क्षेत्रमा गर्दै आएका नवीनतम कार्यहरु यहाँ क्लिक गरेर हर्न सकिनेछ 

Comments are closed, but trackbacks and pingbacks are open.