Engineeer Khabar

इन्जिनियर तथा आर्किटेक्टहरुलाई तत्काल खोपको व्यवस्था गर्न पिनको माग

प्रोग्रेसिभ इन्जिनियरिंग एसोसिएसन नेपाल (पिन)ले इञ्जिनियर तथा आर्किटेक्टहरुलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउन मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रीसंग भेट गर्दै ध्यानाकर्षण गराएको छ ।

ध्यानाकर्षण गराउने क्रममा पिनका उपाध्यक्ष डा. सुरज लामिछानेले देशभरका महत्वपूर्ण राष्ट्रिय गौरवका तथा अन्य विकासका आयोजनाहरू, सरकारका विभिन्न मन्त्रालय, विभाग तथा कार्यालयहरू र स्थानीय स्तरमा सञ्चालित आयोजनाहरूमा कार्यरत इन्जिनियर तथा आर्किटेक्टहरू जोखिमपूर्ण अवस्थामा समेत अहोरात्र खटिरहेकाले उनीहरूको जीवन रक्षाका लागि तत्काल खोपको व्यवस्था गर्न माग गरेका छन् ।

कोभिडको संक्रमण दरलाई कम गर्न निषेधाज्ञा जारि भएता पनि यस कठिन समयमा समेत इन्जिनियर तथा आर्किटेक्टहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्दै आएको र यस दौरानमा राष्ट्रले धेरै प्राविधिकहरु गुमाउन बाध्य समेत भएको कुरा ध्यानाकर्षण पत्रमा उल्लेख छ । त्यस कारणले गर्दा पनि इन्जिनियर तथा आर्किटेक्टहरुलाई फ्रन्ट लाइनमा सुचिकृत गर्दै कोभिड भ्याक्सिन लगाउन उच्च प्राथमिकता दिनु पर्ने कुरा माग गरेको छ ।

May be an image of one or more people, people standing, people sitting and indoor

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार पिनका तर्फबाट उपाध्यक्ष डा. सुरज लामिछाने तथा सचिव ई. सन्जिब रोकाहाले ध्यानाकर्षण गराएका छन् । ध्यानाकर्षणसंगै  स्वास्थ्य तथा जनसंख्या मन्त्री शेर ब. तामाङले सो माग निकै नै सान्दर्भिक रहेको र उक्त माग प्रति आफुहरु सकारात्मक रहेको जनाएका छन् ।

ध्यानाकर्षण पत्र 

May be an image of text

Comments are closed, but trackbacks and pingbacks are open.