Engineeer Khabar

ई.अ.स. संग “परिक्षा र नतिजा” सम्बन्धित अन्तर्क्रिया कार्यक्रम बुधबार हुदै

सिभिल इन्जिनियरिंग स्टुडेन्ट एसोसिएसन: काठमाडौं इन्जिनियरिंग कलेजले इन्जिनियरिंग अध्ययन संस्थानका डीन, सहायक डीन (योजना), सहायक डीन (परिक्षा), सहायक डीन (सामान्य प्रशासन), सहायक डीन (शैक्षिक प्रशासन) को उपस्थितिमा असार २ गते बेलुकी साढे चार बजे अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ ।

सो अन्तरक्रिया कार्यक्रममा विद्यार्थी लगायत उपस्थित महानुभावहरुले ई.अ.स.का डीन तथा सहायक डीनसंग अन्तरक्रिया गर्न सक्ने व्यवस्था मिलाइएको छ । उक्त कार्यक्रम जुम प्लेटफर्म मार्फत संचालन गरिने तथा फेसबुकमा लाइभ समेत गरिने जानकारी आयोजकले दिएका छन् ।  कार्यक्रममा प्रस्तोताको रुपमा जनक राज अवस्थी रहनेछन ।

आयोजकले विद्यार्थीहरुलाई सो कार्यक्रममा उपस्थित भई ई.अ.स. को परिक्षा प्रणाली, बिगतका र आगामी परिक्षा, परिक्षा तालिका, नतिजा, प्रवेश परिक्षालगायतका बिषयमा जानकारी लिन समेत आव्हान गरेको छ ।

जुम लिंक यस प्रकारको रहेको छ

Comments are closed, but trackbacks and pingbacks are open.