मन्त्री परिषद्को बैठकको निर्णय अनुसार सरकारले नेपाल इन्जिनियरिङ काउन्सिलको रजिस्ट्रारमा शिव मंगल गिरीलाई नियुक्त गरेको छ ।
नेपाल इन्जिनियरिङ परिषदमा रजिष्टारले सदस्य–सचिवका रुपमा काम गदर्छन् ।सरकारले इन्जिनियरिङ विधाको कुनै पनि क्षेत्र र १० वर्षको कार्यअनुभवका आधारमा परिषद्मा रजिष्ट्रार नियुक्त गर्छ ।
यस अगाडी परिषदको रजिष्ट्रारमा ई. खेम राज जोशी कार्यरत थिए । उनी ४ वर्षे कार्यअवधि सकिएर जेठ १९ गते परिषद्बाट विदाई भएका थिए । उनको कार्यकल सम्पन्न भए सँगै ई. शिव मंगल गिरिको आगमन भएको छ ।
Comments are closed, but trackbacks and pingbacks are open.