Engineeer Khabar

इन्जिनियर तथा आर्किटेक्टहरुलाई तत्काल खोपको व्यवस्थापन गरिने

नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशले आईतबार माइतीघर स्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा माननीय स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठलाई भेट गर्दै इन्जिनियर तथा आर्किटेक्टहरुलाई खोपको तुरुन्त व्यवस्थापन गर्ने बिषयमा ध्यानाकर्षण गराएको छ ।

एशोसिएसनले  महामारीको लहरमा समेत विकास निर्माणको कार्यमा अग्रपङ्तीमा रही आफ्नो सेवामा अहोरात्र खटिएका इन्जिनियर तथा आर्किटेक्टलाई प्राथमिकताको सूचीमा राखी तुरून्त खोपको व्यवस्था गर्न मन्त्रालयसँग माग गरेको छ ।

एशोशिएसनले ध्यानाकर्षण पत्र दिएसंगै राज्य मन्त्री श्रेष्ठले खोप व्यवस्थापन गर्नका लागि महानिर्देशक डा. दिपेन्द्र रमण सिंहलाई तत्कालै फोन मार्फत निर्देशन दिएका छन् । साथै खोप प्राप्तिका लागि अलगै खोप केन्द्रको समेत  व्यवस्थापन गरिने बिश्वास समेत स्वास्थ्यराज्यमन्त्रीले दिएका छन् ।

यसैसंगै अब इन्जिनियर तथा आर्किटेक्टहरुले आ-आफ्नो नेपाल इन्जिनियर्स एशोसिएसन वा इन्जिनियरिंग काउन्सिलको सदस्यता कार्ड देखाएर खोपको सुबिधा लिन सक्ने जानकारी नेपाल इन्जिनियर्स एशोसिएसन बागमती प्रदेशका सभापति ई. नन्दलाल बन्जाडेले इन्जिनियरखबरलाई जानकारी दिए ।

 

Comments are closed, but trackbacks and pingbacks are open.