Engineeer Khabar

ने.ई.ए उम्मेदवारीमा प्रस्तावक समर्थकको घनचक्कर: गल्ती वा नियत ?

नेपाल इन्जिनियर्स एशोसिएसन ३३औ केन्द्रिय कार्यकारीणी समितीको आसन्न मंसिर २४ गते तय गरिएको निर्वाचनको लागि अन्तिम पटक उम्मेद्बारी सच्याउने, फिर्ता लिने र नयाँ उम्मेद्वार हुन चाहनेले उम्मेद्बारी दर्ता गर्ने मौका प्रदान गरिएता पनि फेरी उही प्रस्तावक र समर्थकको समस्याले उम्मेदवारी बदर हुने देखिएको छ ।

३३औ केन्द्रिय कार्यकारीणी समितीको निर्वाचनका लागि बिगतमा समेत प्रस्तावक र समर्थकको समस्या देखिएको सन्दर्भमा इन्जिनियर्स एशोसिएसनले पटक पटक सच्याउने मौका समेत दिएको सन्दर्भमा समेत यस्ता समस्या पुन: दोहोरिरहदा, यस्लाई सामान्य रुपमा लिन सकिने अवस्था देखिदैन । आसन्न चुनावको लागि यती बेला प्रोग्रेशिभ इन्जिनियर्स एशोसिएसन नेपालद्वारा निर्मित वृहत राष्ट्रिय प्रगतिशिल गठ्बन्धन, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन), लोक्तान्त्रिक समुह लगायतका संगठनहरु चुनाव प्रचारप्रसारका लागि देशभर हिंड्ने क्रम जारी रहदा केही संगठन भने उम्मेद्बारी कै जटिल्तामा अल्झिएको देखिन्छ ।

मिती २०७८ कार्तिक २८ गते बसेको निर्वाचन समितीको बैठकको निर्णय अनुसार प्रकाशित पछील्लो परिवर्तित निर्वाचन कार्यक्रम सम्बन्धी सूचना अनुरुप मंसिर १ गते सम्म उम्मेदवारी दर्ता गराउने समय थियो भने उम्मेदवारको प्रारम्भिक नामावली उपर दाबी विरोध गर्न निर्वाचन समितिले मंसिर २ गते सम्मको म्याद राखेको थियो । उक्त सन्सोधित कार्यतलिकालाई पच्छ्याउदै नेपाल इन्जिनियरिङ समाज (NES), राष्ट्रिय इन्जिनियर संगठन (NEON) र  सोसलिष्ट इन्जिनियरिङ एसोसियसन नेपाल (SEAN) को संयुक्त गठबन्धनका उम्मेदवारहरुले ने.ई.ए. केन्द्रमा संयुक्त उम्मेदवारी दिएका थिए ।

तर नेपाल इन्जिनियरिङ समाज (NES), राष्ट्रिय इन्जिनियर संगठन (NEON) र  सोसलिष्ट इन्जिनियरिङ एसोसियसन नेपाल (SEAN) को संयुक्त गठबन्धनका उम्मेदवारहरू उपमहासचिव ई. समित थापा, सदस्य उम्मेदवारहरु ई. रिजन गजुरेल तथा ई. दिन बिनोद खड्का को प्रस्तावक समर्थक मा समस्या देखिएको हुदा निर्वाचन समितिले प्राविधिक कारण खुलाउदै मंसिर २ गते प्रकाशित गर्न सकेन ।

May be an image of text

त्यस पस्चात, मंसिर ३ गते बेलुकी मात्र निर्वाचन समितीले सो नामावली प्रकाशित गरेको थियो र मंसिर ४ गते ३:०० बजे भित्र दावी बिरोधको लागि समय दिएको थियो । इन्जिनियरखबरले पाएको जानकारी अनुसार प्रस्तावक र समर्थकमा पुन त्रुटी देखिएकाले सोको बिरुद्ध दाबी बिरोध परेको छ । दाबि बिरोध सदर भएको खण्डमा संयुक्त प्यानलले सो उम्मेदवारहरु गुमाउने देखिन्छ । निर्वाचन समितीले यस बारे मिती २०७८/०८/०५ गते दिउसो १ बजे पछी अन्तिम नामवली प्रकाशन गर्ने सुचना दिएको छ ।  May be an image of text

 

के हो त पछिल्लो बिवाद ?

१. २०७८/०६/१३ गते  प्रकाशित उमेदवारको प्रारम्भिक नामावलीमा कर्णाली प्रदेशबाट दुई जना केन्द्रिय सदस्यको उम्मेद्बारी रहेको थियो । प्राप्त दाबी बिरोध अनुरुप कर्णाली प्रदेशबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका राष्ट्रिय इन्जिनियर संगठन (NEON) का ई. बिनोद पुनको प्रस्तावक फरक प्रदेशको रहदा उनको उम्मेद्वारी रद्द गरिएको थियो र मिती २०७८/०६/१५ गते उमेदवारको अन्तिम नामावली प्रकाशित हुँदा सिडेन तर्फबाट उम्मेद्वारि दिएका ई. सागर शम्सेर शाही को मात्र नाम प्रकाशित भएको थियो । त्यसो हुँदा, सो अवस्थामा  एक जना बाहेक अरु कोहि उम्मेदवार नहुदा, ई. सागर शम्सेर शाही स्वत: निर्वाचित भैइसकेको देखिन्छ । स्वत: निर्वाचित भैइसकेको भन्दै सिडेनले सो प्रदेशमा केही हेरफेर गर्न नमिल्ने तर्क दिदै आएको छ । तर यता नेपाल राष्ट्रिय इन्जिनियर संगठनले भने विनोद पुनको उम्मेदवारी खारेजीको निर्णय सच्याउन माग गरेको थियो ।

मिती कार्तिक २८ गते बसेको निर्वाचन समितीको बैठकले पछिल्लो समय सबै सरोकार पक्षलाई समेट्ने हेतुले अन्तिम पटक पुन: उम्मेद्वारी थपघटको लागि मंसिर १ गते सम्म समय दिएको थियो । सोही निर्णयमा कर्णाली प्रदेशको भने यथस्थितीमै राख्ने निर्णय गरिएको थियो । उक्त सन्सोधित कार्यतलिकालाई पच्छ्याउदै नेपाल इन्जिनियरिङ समाज (NES), राष्ट्रिय इन्जिनियर संगठन (NEON) र  सोसलिष्ट इन्जिनियरिङ एसोसियसन नेपाल (SEAN) को संयुक्त गठबन्धनका उम्मेदवारहरुले ने.ई.ए. केन्द्रमा संयुक्त उम्मेदवारी दिएका थिए ।

२. नेपाल इन्जिनियर्स एशोसिएसन केन्द्रिय कमिटी तथा निर्वाचन समिती, यही मंसिर २४ मा चुनाब गराउन प्रतिबद्ध रहेको कुरा गरिराख्दा सोही एशोसिएसनका उपाध्यक्षले आफ्नो संगठनबाट गम्भीर माग राख्दै प्रतिबाद, प्रतिरोध र् बहिस्कार समेत गर्ने चेताबनी दिएका थिए ।

May be an image of text

३. त्यस्तै यही बिचमा चुनावलाई अस्तब्यस्त बनाउने हेतुले नेपाल इन्जिनियर्स एशोसिएसनको फेस्बुक पेजबाट कुनै मिति नराखी र कुनै निर्णय नै नभएको र हस्ताक्षर नभएको “नया दर्ता र नविकरण” सम्बन्धी सुचना समेत देखा परेको थियो । सो पेजको दुरुपयोग गरिएको वा नोटिस कस्ले राख्न लगाएको वा कुन निर्णयबाट आएको स्पस्टिकरण समेत ने.ई.ए ले दिएको छैन ।

No description available.

४. ५ सदसिय निर्वाचन समितीमा समेत यतिबेला राजनीतिको चरम प्रभाव परेको देखिन्छ । ५ सदस्यीय समितीमा पार्टीको बिवादका कारण निर्णय समेत गर्न नदिने अवस्था बनाएको निर्वाचन समिती प्रमुख ई. घनश्याम भट्टराईले इन्जिनियरखबरलाई जानकारी गराए । ई. भट्टराईको नेतृत्वमा रहेको निर्वाचन समितीमा सिडेन प्रतिनिधिको रुपमा ई. दिपेन्द्र मिश्र र ई. उमेश कुमार गुप्ता, सिनको प्रतिनिधिको रुपमा डा.नारायण प्रसाद चौलागाईं र निओन प्रतिनिधि रुपमा ई.पुर्ण बहादुर कुँवर रहेका छन् ।

यसरी अनेकन बहाना देखाउदै ने.ई.ए को चुनाबलाई अनिश्चित बनाउन खोज्ने खेल फेरि अघि बढेको देखिन्छ । यसरी पटक पटक एशोसिएसनको चुनाब अनिश्चित बनाउने गतिविधिहरु भइराख्दा आम इन्जिनियरहरु माझ नैरश्यता बढ्दै गएको देखिन्छ । तर पनि निर्वाचनमा होमिसकिएको वृहत राष्ट्रिय प्रगतिशिल गठ्बन्धन, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन), लोक्तान्त्रिक समुह लगायतका संगठनहरु निर्वाचन समयमै गराउनु पर्नेमा एकबद्द देखिएका छन ।

Comments are closed, but trackbacks and pingbacks are open.