पूर्वाधार निर्माणमा सरकारी कम्पनी स्थापना गरिँदै

काठमाडौँ, ३ वैशाख : पूर्वाधार निर्माणमा निजी कम्पनीले ढिलासुस्ती गर्ने, गुणस्तरीय काम नहुने लगायत समस्या बढ्न थालेपछि सरकारले पूर्वाधार निर्माण कम्पनी स्थापना गर्ने तयारी शुरु गरेको छ । कम्पनी स्थापनाका लागि प्रबन्धपत्र र नियमावली बनाएर स्वीकृतिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेश गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । चैत…

Comment

मुग्लिन आर्क ब्रिज जेठदेखि सञ्चालनमा आउने

मुग्लिन, ३ वैशाख : चितवनको इच्छाकामना गाउँपालिकास्थित मुग्लिन र तनहुँको आँबुखैरेनी गाउँपालिकाको बेनीटार जोड्ने त्रिशूली नदीमा निर्माण भइरहेको मोटरेवल पुल ‘आर्क ब्रिज’ जेठबाट सञ्चालनमा आउने भएको छ । अहिलेसम्म ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । निर्माण कम्पनी इ–राइड एडभेञ्चर लोहनी जेभीका प्रबन्ध निर्देशक मोतीलाल शर्माका…

Comment

माथिल्लो कर्णाली परियोजना: जीएमआरको म्याद नथप्न दबाब

काठमाडौँ, २३ फागुन: माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जीएमआरले पटक पटक म्याद थप्दा पनि काम गर्न नसकेको भन्दै म्याद नथप्नका लागि दबाब शुरु भएको छ । सात वर्षमा बनाइसक्ने भनेर जिम्मा लिएको उक्त कम्पनीले ११ वर्ष हुँदा पनि स्रोत जुटाउन नसकेको भन्दै संवद्ध जानकारहरुले फेरी पनि…

Comment

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कालोपत्र फेरिँदै

काठमाडौँ, १३ फागुन: बर्सातको समय शुरु भएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई सधैँ एउटै चिन्ताले सताउँथ्यो, मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा कुनै समस्या पो आइहाल्छ कि ? मनसुनको समयमा पानी पर्दा विमानस्थलको धावनमार्गको कालोपत्र उप्कने, धाँजा फाट्ने र जहाज उडान तथा अवतरणमा समस्या आउने कारण सबै भुक्तभोगी थिए…

Comment

काठमाडौँको विद्युत् प्रणाली भूमिगत गरिंदै

काठमाडौँ, १२ फागुन: विद्युतीय दुर्घटनाको जोखिम न्यून गर्दै, शहरको सौन्दर्य बढाउने लक्ष्यका साथ नेपाल विद्युत् प्राधिकरणले काठमाडौँ उपत्यकाको प्रशारण प्रणालीलाई भूमिगत गर्ने भएको छ । प्राधिकरणले पहिलो चरणमा काठमाडौँको महाराजगञ्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्न निर्माण व्यवसायी छनोट गरेको छ । ती…

Comment

रानीपोखरी पुनर्निर्माणको विधि तय

काठमाडौँ, १२ फागुन : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तीन वर्षदेखि अलपत्र रहेको रानीपोखरी पुनर्निर्माणको विधि तय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा आज बसेको पुरातत्वविद्सहितको बैठकले रानीपोखरी पुनर्निर्माण कसरी गर्ने भन्ने टुङ्गो लगाएको हो । रानीपोखरी पुनर्निर्माण गर्दा पहिले करीब एक फिट तलसम्म खनी घाँस हटाइनेछ ।…

Comment

बेल्ट एण्ड रोड इनिसियटिभ समबन्धि अन्तराष्ट्रिय सम्मेलन हुदै

काठमाडौँ, ०५ फाल्गुन : नेपालमा मात्र नभई बिश्वभर प्रभाव राख्दै मित्रराष्ट्र चीनले प्रस्ताव गरेको Belt and Road सम्बन्धि विभिन्न अभियानहरु विश्वब्यापी रुपमै संचालन भईरहेका छन् । सोहि सन्दर्भमा यसै वर्ष चीनको राजधानी बेइजिङ्गमा विश्वका  ३३  वटा  देश  र  संस्थाहरु  सहभागी  भई Belt and Road International  Transport Alliance (BRITA)  नामक अन्तराष्ट्रिय…

Comment

ने.ई.ए प्रदेश नं ३ द्वारा राष्ट्रिय पुन:निर्माण प्राधिकरणलाई ज्ञापनपत्र

काठमाडौँ, ०३ फाल्गुन : नेपाल ईन्जिनियर्स एशोसिएसन ३ नं प्रदेश कार्यकारिणी समितिले शुक्रबार सिंहदरबार स्थित राष्ट्रिय पुन:निर्माण प्राधिकरणको कार्यालयमा प्राविधिकहरूले पाईआएको सेवासुविधा , फिल्ड भत्ता यथाशिघ्र उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय तहमा खटाएका प्राविधिक र इन्जिनियरहरुले बिहीबारदेखि कामकाज ठप्प पारेर सदरमुकाम केन्द्रित भएका छन्…

Comment

सिरुटार–बिरुवा सडक शिलान्यास

भक्तपुर, २४ माघ : प्रदेश सरकारको रु एक करोडको लागतमा विस्तार हुन लागेको सिरुटार–बिरुवा सडकको प्रदेश नं ३ का सदस्य शशिजंग थापाले आज शिलान्यास गर्नुभयो । भक्तपुर र ललितपुर जोड्ने भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटार, वडा नं २ बालकोट र ललितपुरको महालक्ष्मी नगरपालिका चाँगाथली र टीकाथली जोड्ने गुप्तेश्वर मन्दिरसँगै रहेको खोलाबाट…

Comment

सिङ्गटी सडकमा ‘पेनिट्रेसन मेकाडम’

जिरी, २२ माघ: दोलखा उत्तर जोड्ने प्रमुख सडक सिङ्गटी सडकका मोड र अफ्ठेरा भू–भाग बलियो तथा टिकाउ बनाउन ‘पेनिट्रेसन मेकाडम’ प्रविधि अपनाइने भएको छ । यसअघि डिबिएसटी प्रविधि प्रयोग गरिएको उक्त सडकखण्डको पिच महीनादिनमै भत्किन थालेपछि मोड तथा ओसिलो भागमा सो विधि अपनाइने भएको हो । डिबिएसटी पिच (डबल विटुमिन…

Comment