रानीपोखरी पुनर्निर्माणको विधि तय

काठमाडौँ, १२ फागुन : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तीन वर्षदेखि अलपत्र रहेको रानीपोखरी पुनर्निर्माणको विधि तय गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको संयोजकत्वमा आज बसेको पुरातत्वविद्सहितको बैठकले रानीपोखरी पुनर्निर्माण कसरी गर्ने भन्ने टुङ्गो लगाएको हो । रानीपोखरी पुनर्निर्माण गर्दा पहिले करीब एक फिट तलसम्म खनी घाँस हटाइनेछ ।…

Comment

ने.ई.ए प्रदेश नं ३ द्वारा राष्ट्रिय पुन:निर्माण प्राधिकरणलाई ज्ञापनपत्र

काठमाडौँ, ०३ फाल्गुन : नेपाल ईन्जिनियर्स एशोसिएसन ३ नं प्रदेश कार्यकारिणी समितिले शुक्रबार सिंहदरबार स्थित राष्ट्रिय पुन:निर्माण प्राधिकरणको कार्यालयमा प्राविधिकहरूले पाईआएको सेवासुविधा , फिल्ड भत्ता यथाशिघ्र उपलब्ध गराउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले स्थानीय तहमा खटाएका प्राविधिक र इन्जिनियरहरुले बिहीबारदेखि कामकाज ठप्प पारेर सदरमुकाम केन्द्रित भएका छन्…

Comment

रानीपोखरी पुनःनिर्माण प्राधिकरणले गर्ने

काठमाडौं, २१ माघ : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रानीपोखरी पुनःनिर्माणको कार्य गर्ने भएको छ । सरकारले रानीपोखरी र बालगोपालेश्वर मन्दिरलगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाको पुनःनिर्माणसम्बन्धी सम्पूर्ण कार्य प्राधिकरणले गर्ने गरी जिम्मेवारी दिएपछि पुनःनिर्माण गर्ने भएको हो । परम्परागत शैली र मौलिकतालाई संरक्षण गरी रानीपोखरी वरिपरिको भाग प्रताप मल्लकालीन शैलीमा पुनःनिर्माण…

Comment

छोटी भन्सारमा पुल नबन्दा सर्वसाधारणलाई सास्ती

डडेल्धुरा । सशस्त्र द्वन्द्वमा विस्थापित पर्शुराम नगरपालिका पर्शुरामधाम नजिकको छोटी भन्सारमा पुल नबन्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । सो नगरपालिकाको वडा नं ५ को भन्सार कार्यालय हालसम्म पुनःस्थापना हुन नसक्दा र पुल बन्न नसकेपछि भित्री मधेश क्षेत्रका स्थानीय बासिन्दाले सास्ती भोगिरहेका छन् । परीगाउँ बाङघाट र सिसमझालामा छोटी भन्सार कार्यालय…

Comment

भूकम्पपछि बनेका घरको मापदण्ड पूरा हुने: प्रम ओली

काठमाडौँ, ३० पुस: प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछि बनेका भूकम्पपीडितका घरलाई मापदण्ड पूरा भएको मानी अनुदान उपलब्ध गराइने बताउनुभएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण परामर्श परिषद्को चौथो बैठकलाई आज बालुवाटारमा सम्बोधन गर्नुहुँदै उहाँले आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले पनि भूकम्पलगत्तै प्राविधिक गाउँमा जानुअघि बनिसकेका घरलाई अनुदान दिने निर्णय गरेको उल्लेख गर्नुभयो…

Comment

“धरहरामा इतिहास झल्कन्छ, आधुनिकता टल्कन्छ”-प्रधानमन्त्री ओली [फोटो फिचर सहित]

काठमाडौँ, १२ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आयोजना गरेको ऐतिहासिक धरहरा पुनःनिर्माण शिलान्यास समारोहमा अब बन्ने धरहरामा इतिहास झल्कने र आधुनिकता टल्कने बताउनुभएको छ । सोहि कार्य्रक्रमको बिचमा प्रधानमन्त्री ओलीले “विसं २०७२ को भूकम्पले भत्किएको उही धरहरा अब उभिँदैन,नयाँ बनाउनुपर्छ, उस्तै बनाउँछौँ । हाम्रो प्राचीन सभ्यता र…

Comment

पुनःनिर्माणको जिम्मा स्थानीय तहलाई

काभे्रपलाञ्चोक, २६ असोज: राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सङ्घीयताकै आधारमा आवास पुनःनिर्माणको जिम्मेवारी स्थानीय तहलाई दिइने बताउनुभएको छ । काभे्रपलाञ्चोकको धुलिखेलमा आर्थिक पत्रकार समाजद्वारा पुनःनिर्माणबारे आर्थिक पत्रकारका लागि आज धुलिखेलमा आयोजित दुईदिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै ज्ञवालीले भन्नुभयो, “आवास पुनःनिर्माण स्थानीय समिति बनाएपछि सोही समितिले अनुगमन गरी…

Comment

पुनःनिर्माण सामाजिक आर्थिक पुनःस्थापनामा प्रवेश गर्दै

काठमाडौँ, २३ असोज: भूकम्पपछिको पुनःनिर्माणलाई सामाजिक आर्थिक पुनःस्थापनामा प्रवेश गराउने तयारी शुरु भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुनःस्थापनाका कार्यक्रम शुरु गर्न विश्व बैंकसँग छलफल भएको जानकारी दिनुभयो । फ्रिडम फोरमले आज यहाँ आयोजना गरेको ‘जनचासोका समसामयिक मुद्दाहरु: स्थानीय पत्रकार र पुनःनिर्माण प्राधिकरण’ विषयक अन्तक्र्रिया…

Comment

हरिभवनको पुनः निर्माण गर्न समस्या छैन: प्रमुख शाक्य

काठमाडौँ, २१ असोज: काठमाडौँ महानगरपालिकाले तत्कालीन बाघदरबार हालको (हरिभवन) को पुनः निर्माण गर्न कुनै समस्या नहुने बताएको छ । हरिभवन सय वर्ष नपुगेकाले भत्काउँदा समस्या नहुने कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताउनुभयो । “यो बाघदरबार होइन, हरिभवन हो, सय वर्ष नपुगेकोले यो पुरातात्तित्क होइन , त्यही भएर यसलाई नभत्काउनु पर्ने कुनै कारण…

Comment

काष्ठमण्डप पुनःनिर्माण कात्तिकदेखि

काठमाडौँ, १९ असोज : भूकम्पले क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माण आगामी कात्तिक १ गतेदेखि औपचारिक शुरु गरिने भएको छ । पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमापूजा भने सम्पन्न भइसकेको छ । अहिले पुनःनिर्माणका लागि आवश्यक सामग्री सङ्कलन भइसकेको छ । अब सबैले देख्ने गरी काम शुरु गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ…

Comment