नजिकिँदै गरेको सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (CDEN) को आठौँ कार्यसमिति निर्वाचनका लागि उम्मेदवार समूहहरूले प्रचारप्रसारलाई तीव्र बनाएका छन्।
झा समूहले आज साँझ शंखमुलस्थित Anmol Banquet मा बृहत् इन्जिनियर भेला आयोजना गरेको छ। कार्यक्रममा इ. रविभूषण झा (केन्द्रीय अध्यक्ष पदका उम्मेदवार), इ. सुदर्शन शर्मा (केन्द्रीय महासचिव पदका उम्मेदवार), साथै बागमती प्रदेशका पदाधिकारी उम्मेदवारहरू इ. सुजन भट्ट र इ. आशिष थापा लगायतको उपस्थिति रहनेछ। कार्यक्रम साँझ ४:३० बजेबाट सुरु हुने जानकारी गराइएको छ।
यसैगरी केसि समूहले पनि भर्चुअल प्लेटफर्ममार्फत प्रचारलाई जोड दिएको छ। उनीहरूले Virtual Engineer Meet आयोजना गर्दै आज बेलुकी ६:१५ बजे Zoom मार्फत आफ्ना योजनाहरू प्रस्तुत गर्नेछन्। Zoom ID: 884 1512 9748 र Passcode: dhanendra राखिएको छ। कार्यक्रममा इ. धनन्द्र के.सी. सहित टोलीका अन्य उम्मेदवारहरूको सहभागिता रहनेछ।
यसैबीच, इ. रविभूषण झा नेतृत्वको समूहले आफ्नो प्रतिज्ञा पत्र सार्वजनिक गर्दै पारदर्शी, प्राविधिक दक्षता अभिवृद्धि गर्ने, र संगठनलाई अझ सबल बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
निर्वाचन भाद्र १४ गते हुने तय भएको छ, जसका लागि दुवै समूहले अन्तिम चरणसम्म मतदाताहरूलाई आकर्षित गर्न विभिन्न रणनीति अपनाइरहेका छन्।
Your email address will not be published. Required fields are marked *