इन्जिनियरिङ अध्ययन संस्थानमा भर्ना प्रक्रिया भाद्र १६ गतेदेखि सुरु
Home News मुख्य समाचार

इन्जिनियरिङ अध्ययन संस्थानमा भर्ना प्रक्रिया भाद्र १६ गतेदेखि सुरु

इन्जिनियर खबर - Aug. 28, 2025 3176 views
images/IOECentral_Campus.webp
images/IOECentral_Campus.webp
Text Size

त्रिभुवन विश्वविद्यालय अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (इ.अ.सं) ले शैक्षिक सत्र २०८२/८३ का लागि स्नातक तह (B.E./B.Arch) प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको छ।मिति २०८२ साल भाद्र ३ गतेदेखि १० गतेसम्म कम्प्युटर प्रणालीमार्फत सञ्चालन भएको प्रवेश परीक्षामा सहभागी विद्यार्थीहरूको नतिजा आधारमा भर्ना प्रक्रिया सुरु गर्न लागेको इ.अ.संले जानकारी दिएको छ।

images/IOECentral_Campus.webp

केन्द्रीकृत भर्नाको अवधारणाअन्तर्गत इ.अ.संका ५ आंगिक क्याम्पस र १० वटा सम्बन्धन प्राप्त कलेजमा एकैसाथ भर्ना हुने व्यवस्था गरिएको छ। यसका लागि आवश्यक कार्यतालिका भाद्र १६ गतेदेखि https://admission.ioe.edu.np
 मा प्रकाशित हुनेछ।

images/IOECentral_Campus.webp

शैक्षिक सत्र ०८२।०८३ को स्नातक (B.E./B.Arch) तहको प्रवेश परीक्षा तथा क्याम्पस भर्ना सम्बन्धि जानकारी तथा निर्देशिका २०८२ अन्तर्गत बुंदा नं ६ मा उल्लेख भएको आंगिक क्याम्पसहरुका विभिन्न कोटाहरुमा आवेदन दिन चाहने उम्मेदवारहरुले आफु सो कोटामा योग्य हुनका लागि चाहिने आवश्यक कागजातहरु सहित मिति २०८२।०५।१२ गते देखि मिति २०८२।०५।१६ गते भित्र सूचना तथा सञ्चार प्रविधि केन्द्र (ICTC), पुल्चोकमा आवेदन दिन पर्ने इ.अ.सं ले जनाएको छ।

इ.अ.संले प्रकाशित नतिजा र भर्ना तालिका अनुसार केन्द्रीकृत प्रणालीमार्फत क्याम्पस तथा कलेजहरूमा भर्ना सम्पन्न गरिने  छ।

images/IOECentral_Campus.webp

अधिक जानकारीका लागि इन्जिनियरिङ अध्ययन संस्थानको आधिकारिक वेबसाइट https://admission.ioe.edu.np
 हेर्न अनुरोध गरिएको छ

images/IOECentral_Campus.webp




Leave a Comment

Your email address will not be published. Required fields are marked *