काठमाडौं । सोसाइटी अफ नेप्लीज आर्किटेक्ट्स (SONA) ले आफ्नो ३०औं वार्षिक साधारण सभा आगामी असोज ४ गते (सेप्टेम्बर २०, २०२५) मा काठमाडौंको Alice Receptions, ग्यालरियामा आयोजना गर्ने भएको छ। साधारण सभा बिहान ९ बजे सुरु हुने जानकारी दिइएको छ।
साधारण सभामा वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरिनेछ। साथै नयाँ लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसमेत हुनेछ।
निर्वाचन कार्यक्रम
सोना निर्वाचन समितिले सार्वजनिक गरेको तालिका अनुसार, कार्यसमिति निर्वाचनका प्रमुख मिति यसप्रकार छन्:
मतदाता नामावली प्रकाशन: साउन २३ र २५
उम्मेदवारी दर्ता (नामांकन): साउन २६ गते बिहान १०:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म
नामावली प्रकाशन: साउन २७
उम्मेदवारी नाम फिर्ता: साउन ३१ गते दिउँसो ३:०० बजेसम्म
अन्तिम नामावली प्रकाशन: साउन ३१ गते
निर्वाचन प्रचार–प्रसार रोक्ने अन्तिम समय: असोज १ गते राति १२:०० बजे
निर्वाचन मिति: असोज ४ गते
सदस्यता नवीकरण र नयाँ सदस्यता
निर्वाचन समितिले सम्पूर्ण साधारण सदस्यलाई भदौ २२ गतेभित्र आफ्नो सदस्यता नवीकरण गर्न आह्वान गरेको छ। सो मितिभित्र नयाँ सदस्यता प्राप्त गर्ने सदस्यहरूले पनि यस निर्वाचनमा मतदान गर्न पाउनेछन्।
निर्वाचन समितिका संयोजक विनोद न्यौपाने, सदस्यहरू विवेक श्रेष्ठ र रिता काफ्लेले हस्ताक्षर गरेको सूचनामा सम्पूर्ण सदस्यलाई निर्धारित समयसीमाभित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।
Your email address will not be published. Required fields are marked *