ललितपुर, असोज २ । नेपाल भू–प्राविधिक समाज (NGS) ले आगामी सेप्टेम्बर १८, २०२५ (असोज २, २०८१) मा ‘एनजीएस यूथ सिम्पोजियम २०२५’ आयोजना गर्ने भएको छ। जिओमण्डु २०२६ को पूर्वकार्यक्रमका रूपमा हुने यस सिम्पोजियमले युवा इन्जिनियर, अनुसन्धानकर्ता र विद्यार्थीहरूलाई ज्ञान आदान–प्रदान तथा उपलब्धि प्रदर्शन गर्ने अवसर दिने आयोजकले जनाएको छ।
सगरमाथा हल, युनिभर्सल इन्जिनियरिङ एण्ड साइन्स कलेज, चाकुपाट, ललितपुरमा हुने कार्यक्रममा ‘जिओमण्डु २०२६ – पहाडी पूर्वाधारका लागि भू–प्राविधि’ सम्बन्धी विशेष प्रस्तुतिकरण हुनेछ। साथै उत्कृष्ट थेसिस पुरस्कार र उत्कृष्ट स्नातक परियोजना पुरस्कार समेत वितरण गरिनेछ।
सिम्पोजियममा सहभागीहरूले अन्तरक्रियात्मक डिनरमार्फत अनुभव आदान–प्रदान गर्ने अवसर पाउनेछन् भने दशैंको शुभकामना आदान–प्रदान पनि गरिनेछ।
कार्यक्रम दिउँसो ३:०० बजे सुरु हुने र दर्ता भने २:०० बजेदेखि नै खुला हुने बताइएको छ। दर्ता शुल्क विद्यार्थीका लागि ५०० रुपैयाँ र पेशेवरका लागि १००० रुपैयाँ तोकिएको छ।
एनजीएसका अनुसार, इच्छुकले अनलाइन फारम
भरि दर्ता गर्न सक्नेछन्।
Your email address will not be published. Required fields are marked *