त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहमा सहभागी हुनेका लागि अनलाइन आवेदन खुला
Home News मुख्य समाचार

त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोहमा सहभागी हुनेका लागि अनलाइन आवेदन खुला

इन्जिनियर खबर - Sept. 3, 2025 4366 views
images/Screenshot_2025-09-03_094154.png
images/Screenshot_2025-09-03_094154.png
Text Size

काठमाडौं – त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले ५१औं दीक्षान्त समारोह (२०८२) मा सहभागी हुन चाहने विद्यार्थीहरूलाई अनलाइन आवेदन फाराम भर्न आग्रह गरेको छ।

images/Screenshot_2025-09-03_094154.png

कार्यालयले जारी गरेको सूचनाअनुसार २०७९ साल असार १ गतेदेखि २०८१ साल जेठ ३१ गतेसम्म (सन् १५ जुन २०२४ देखि १४ जुन २०२५) को अवधिमा सेमेस्टर तथा वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तथा एम.फिल स्तर उत्तीर्ण गरेका विद्यार्थीहरू दीक्षान्तमा सहभागी हुन योग्य हुनेछन्। साथै सोही अवधिभित्र विद्यावारिधि (पीएच.डी) तह पूरा गरेका विद्यार्थीले पनि सहभागिता जनाउन पाउनेछन्।

images/Screenshot_2025-09-03_094154.png
images/Screenshot_2025-09-03_094154.png

दीक्षान्त समारोहमा सहभागी हुन इच्छुक विद्यार्थीहरूले परीक्षा नियन्त्रण कार्यालयको वेबसाइट tuexam.edu.np मा गई विस्तृत जानकारी लिन सक्नेछन्। आवेदन भने अनिवार्यरूपमा अनलाइन प्रणालीमार्फत मात्र भर्नुपर्ने व्यवस्था गरिएको छ। त्यसका लागि विद्यार्थीहरूले student.tuexam.edu.np मा लगइन गरी आवेदन फाराम भरि पठाउनुपर्ने सूचनामा उल्लेख छ।

images/Screenshot_2025-09-03_094154.png




Leave a Comment

Your email address will not be published. Required fields are marked *