निजामती सेवा पुरस्कारद्वारा महानिर्देशक बराल सम्मानित
Home News मुख्य समाचार

निजामती सेवा पुरस्कारद्वारा महानिर्देशक बराल सम्मानित

इन्जिनियर खबर - Sept. 7, 2025 297 views
images/-prakehman-sing.jpg
images/-prakehman-sing.jpg
Text Size

काठमाडौं– जलस्रोत तथा सिँचाइका क्षेत्रमा उत्कृष्ट सेवा पुर्‍याएबापत जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक ई मित्र बराललाई ‘निजामती सेवा पुरस्कार’ प्रदान गरिएको छ । 

images/-prakehman-sing.jpg

निजामती सेवा दिवस २०८२ का आवसरमा आइतबार आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले उनलाई प्रमाणपत्रसहित सो पुरस्कार अर्पण गरेका हुन् । 

images/-prakehman-sing.jpg

सो अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने, मुख्यसचिव एकनारायण अर्याल, सङ्घीय मामिला तथा सामान्य प्रशासन सचिव रविलाल पन्थ उपस्थित थिए ।

images/-prakehman-sing.jpg

‘व्यावसायिक र सृजनशील प्रशासन: विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरी आज निजामती सेवा दिवस मनाइँदै छ । तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको समयमा २०१३ साल भदौ १३ पहिलो पटक निजामती सेवा ऐन जारी भएको स्मरणमा २०६१ सालदेखि सरकारले विविध कार्यक्रम आयोजना गरी निजामती सेवा दिवस मनाउँदै आएको छ ।

images/-prakehman-sing.jpg




Leave a Comment

Your email address will not be published. Required fields are marked *