काठमाडौं – नेपालका युवा पुस्ता, विशेषगरी Gen Z उमेर समूहका विद्यार्थी तथा पेशेवर युवाहरुले हालै राजधानी काठमाडौं,पोखरा लगायतका विभिन्न शहरमा भ्रष्टाचारविरुद्ध शान्तिपूर्ण विरोध प्रदर्शन सुरु गरेका छन्।आर्थिक असमानता, सरकारी निकायमा बढ्दो अपारदर्शिता, सार्वजनिक सम्पत्तिको दुरुपयोग प्रति असन्तोष जनाउँदै युवाहरू सडकमा उत्रिएका हुन्।
असन्तुष्टि चरम छ, नेताको गोजी गरम छ’, ‘जेनजी चिच्याउँछ, भ्रष्टहरूलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर ?’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन (भ्रष्टाचार रोक) लगायतका नारा लेखेका प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरिरहेका छन् ।आन्दोलनमा सहभागी कतिपय युवाहरूले आक्रोश प्रकट गर्दै सरकारविरुद्ध कठोर शब्दहरू प्रयोग गरेका देखिन्थे। केहीले बोकेका प्लेकार्डमा अपशब्दयुक्त नारा लेखिएका थिए भने केहीले शान्तिपूर्ण तर तीक्ष्ण नारामार्फत असन्तुष्टि पोखिरहेका थिए। यही कारणले आन्दोलनमा नाराका स्वर कतै अपशब्दतर्फ त कतै आक्रोशपूर्ण अभिव्यक्तितर्फ मोडिएका देखिए।
राजधानी काठमाडौंमा Gen Z पुस्ताले सुरु गरेको भ्रष्टाचारविरुद्धको आन्दोलनलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले समर्थन जनाएका छन्।
आन्दोलनका क्रममा सहभागीहरूलाई सहजता मिलोस भनेर महानगरले दुईवटा घुम्ती शौचालय (मोबाइल टयाले्ट) उपलब्ध गराएको छ। मेयरले शान्तिपूर्ण विरोध प्रदर्शनलाई लोकतान्त्रिक अधिकारको अभ्यास भन्दै आवश्यक सहजीकरण गर्न महानगरपालिका तयार रहेको बताएका छन्।
Your email address will not be published. Required fields are marked *